आज:  | Sun, 03, Jul, 2022

युवाकालागी अभिमुखिकरण सम्पन्न

२९ मंसिर २०७६, आईतवार १८:४५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी नगरपालिका, ६ नम्बर वडा कार्यालयले ‘देशको माटो, युवा सशक्तिकरण र देशप्रेम’ शिर्षकमा तीन दिने अभिमुखिकरण तालिम प्रदान गरेको छ ।युवा लक्षित कार्यक्रम अर्न्तगत वडा कार्यालयको १ लाख ५० हजार बजेटमा मंसिर २७–२९ सम्म संञ्चालित अभिमुखिकरण तालिममा चन्द्र केसी, मुक्ति ढुङ्गाना, रामबहादुर जिसी, किरण सापकोटा र रमेश श्रेष्ठले युवाको महत्व, भुमिका र जिम्मेवारी विषयमा प्रशिक्षण गरेका थिए । अभिमुखिकरण तालिममा बेपना, ६ का ३ जना युवतीसहित ४८ युवाको सहभागिता थियो । तालिमको उद्देश्य अनुसार लैङ्गीक सहभागीता भने थिएन ।‘युवाहरुलाई स्वदेशमै स्वरोजगार, आत्मनिर्भर बनाउने र सक्षम बनाउन मोटिभेसन गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम राखिएको हो’ वडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘युवतीको संख्या न्यून रहेपनि कार्यक्रमले सहभागीलाई गाउँमै केही गर्छु भन्ने बनाएको छ । तालिममा भरिएको उर्जा ब्यवहारमा लागु गराउन सवैको सहयोग आवश्यक छ ।’