FLASH NEWS
  • Loading...

गुणस्तरहीनको उजरीपछि सडकको पर्खाल भत्काईयो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४७२ पटक पढिएको
गुणस्तरहीनको उजरीपछि सडकको पर्खाल भत्काईयो

रघुगंगा गाउँपालिका, ३ पिप्ले स्थित गलेश्वर–भगवती–बेग सडक कालोपत्रे स्तरमा उन्नत गर्ने काम ठेकेदारले प्रयोग गरेको निर्माण सामाग्री गुणस्तर परिक्षण गरिने भएको छ ।

जिल्ला पूर्वाधार कार्यालयका इन्जिनियरसहितको टोलीले आईतवार स्काभेटर प्रयोग गरी मेसिनरी वाल भत्काई प्रयोग भएका ढुङ्गा, वालमा प्रयोग भएको सिमेन्ट र वालुवा मिश्रण (मोर्टार)को नमुना संकलन गरिएको छ ।

नालीसहित ८ मिटर चौडा कालोपत्रे तहमा स्तरवृद्धि गर्न गर्न गलेश्वर–पिप्ले–भगवती–बेग ८ किलोमिटर सडकको जिल्ला पूर्वाधार कार्यालयले एपेक्स–खड्का जेभी काठमाण्डौलाई भ्याट बाहेक १८ करोड ४१ लाख ८ सय ३८ रुपैयाँमा ठेक्का दिएको थियो ।

‘सडकमा भैरहेको कामको गुणस्तरमा गुनासो आएपछि निर्माण भएको वालको संरचना भत्काएर वालभित्र प्रयोग भएको ढुङ्गा, मोर्टारको गुणस्तर नाप्न खोजेका हौं’ मेसिनरी वाल भत्काउन पुगेका पूर्वाधार विकास कार्यालयका इन्जिनियर सन्तोष पोख्रेलले भने, ‘सेम्पलको ल्याव टेष्टपछि मात्र अरु भन्न सकिन्छ । हाल वालमा माटो मिश्रित ढुङ्गालाई सिमेन्ट नसमात्ने भएकोले पखालेर प्रयोग गर्न र ढुङ्गा साहृो प्रयोग गर्न निर्देशन गरेका छौं ।’

सडकको पिप्ले खण्मा पर्ने चेनेज ३.३०० मा सडकको मेसिनरी वालमा ठेकदारले कम गुणस्तरको ढुङ्गा, बालुवा र सिमेन्टको मात्र न्यून प्रयोग भएको स्थानीयले गुनासो गरेपछि इन्जिनियरले स्थलगत अनुगमन गरी प्रयोग भएका निर्माण सामाग्रीको ल्याव टेष्ट गरिन लागेको हो ।
‘सामान्यतया निर्माणस्थलमा आएका योग्य ढुङ्गा प्रयोग हुन्छ । वालको भित्री भागमा ३० प्रतिशतसम्म साना र कमसल ढुङ्गा हाल्न पाईने ब्यवस्था छ । हामीले सकेसम्म राम्रा ढुङ्गा, स्तरिय वालुवा र सिमेन्टको रेसियो पनि मिलाएर प्रयोग गरेका छौं’ ठेकदार कम्पनीका इन्जिनियर निश्चल पोख्रेलले भने, ‘ल्याव टेष्ट गरिन लागेको छ, प्रमाणित भए कार्रवाही भोग्छौं । तर गुणस्तरको आवरणमा स्थानीय राजनितीको प्रभाव निर्माण क्षेत्रमा परेको हाम्रो बुझाई छ ।’

२४ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का पाएको काठमाण्डौको एपेक्स–खड्का जेभीलले सडक स्तरवृद्धीको काम धमाधम सुरु गरेको छ । भूर्वाधार कार्यालयका अनुसार निर्माण सुरु भएको ६ महिनामा आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत र आर्थिक प्रगती ३० प्रतिशत भएको जनाएको छ ।

‘मेशिनरी वालमा सफा ढुङ्गा, खस्रो वालुवा र न्यूनतम ६ वोरा बालुवामा १ वोरा सिमेन्ट हाल्नु पर्छ । तर यहाँ त्यस्तो भएकै छैन । हिलाम्मे ढुङ्गा, १२–१४ बोरा धुलोबालुवामा एक बोरा सिमेन्ट मिसाईएकोले कार्यालयमा गुणस्तर नाप्न अनुरोध गरेको हुँ’ स्थानीय दिपक कार्कीले भने, ‘पूर्वाधार निर्माण आयोजनाको गुणस्तर कायम गर्न गाउँपालिका/स्थानीय सरकारले चासो नदेखाएपछि योजना राम्रो बनोस भनेर उजुरी गरेको हुँ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल