FLASH NEWS
  • Loading...

हिमपातले जनजिवन प्रभावित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५५ पटक पढिएको
हिमपातले जनजिवन प्रभावित

शुक्रवार विहानदेखी परेको हिमपातले म्याग्दीको उपल्लो क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाक्लो हिमपातले पर्यटकिय क्षेत्र पुनहिल, महरे, खोप्रामा हिउँ परेको छ ।
हिमपातबाट जिल्लाको सवैभन्दा दुर्गम वस्ती गुर्जा पैदलमार्गबाट विच्छेद भएको छ । पर्यटकहरु यात्रा रोकिएका छन । चिसोले बृद्धबृद्धा, बालबालिका र रोगीलाई सास्ती भएको छ ।

‘विहानै देखी हिउँ निरन्तर परिरहेको छ’ अन्नपूर्ण गाउँपालिका, ६ घोडेपानीका पर्यटन ब्यवसायी तारा पुनले भनिन, ‘अधिक चिसो छ । चिसोले खानेपानीको पाईप बन्द भएका छन ।’
उच्च क्षेत्रमा हिमपात भएको छ भने सदरमुकामसमेत तल्लो क्षेत्रमा भने अत्याधिक चिसो बढेको छ । लामो खडेरीपछि हिमपात भएकोले कृषकहरु भने खुशी भएका छन ।
‘ठिक्क समयमा पानी परेकोले गहुँ, केराउ तथा तोरीवालीलाई सिंचाई भएको छ । जता ततै खनेका सडकमा धुलो उडेर हैरान थियो, धुलो बसेको छ’ धौलागिरी गाउँपालिका, ७ ताकमका पुस्कर भण्डारीले भने, ‘चिसो बढेको छ । शनिवारसम्मै पानी परिरहे हिउँ नै खस्न सक्छ ।’

हिमपातपछि पोखरा–जोमसोम हवाई उडान अवरुद्ध भएको छ । जोमसोमदेखी तल म्याग्दीतर्फ झर्ने र उक्लने सवारी साधनहरु लेते क्षेत्रमा रोकिएका छन । हिमपातले चिसो अधिक बढेकोले स्थानियवासी समेत कर्मचारीहरु घर/कार्यालय भित्रै आगो बालेर बसेका छन ।
‘हिमपात भैरहेको छ । सामान्य हिमपातले यहाँको उत्पादनले बृद्धी हुन्छ । हिमपात हुनु राम्रो हो’ लोमन्थाङका कृषक साङ्वो गुरुङले भने, ‘गत वर्ष जस्तो चौरी, भेडा/च्याङ्ग्रा पुरिनेगरी बाक्लो हिउँ नपरे हुन्थ्यो ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल