आज:  | Tue, 28, Jun, 2022

बढ्यो चिसो, हिमाली/पहाडी क्षेत्रमा हिमपातको संभावना

२६ मंसिर २०७६, बिहीबार १२:२८ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
नेपालको पश्चिमी भुभागबाट न्यून चापिय प्रणाली प्रवेश भएको र थप सशक्त भई रहेकोले हृवात्तै चिसो बढ्नुकोसाथै नेपालको पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको संभावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले विशेष सूचना प्रकाशनगरी पश्चिमी भेगका उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी र मध्य तथा पूर्वी पहाडी क्षेत्रमा मध्यम तहको हिमपात तथा बर्षाको संभावना रहेकोले सतर्क रहन सचेत गराएको छ । बिशेष मौसम बुलेटिन (Special Weather Bulletin) बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युन चापिय प्रणालीको प्रवेश भएको छ। यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ। यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ। बुधबार बाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ। उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।