आज:  | Sat, 02, Jul, 2022

वस्तीमाथी हाईटेन्सन लाईन राख्न नमान्ने स्थानीयमाथी प्रहरी हस्तक्षेप

२५ मंसिर २०७६, बुधबार १६:४६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
अन्नपूर्ण गाउँपालिका, ६ धिरच्याङ, रातोपानी र पोखरे वस्ती माथी कालीगण्डकी करिडोर २२० केभिए प्रशारण लाईन राख्न लागेको विरोधमा उत्रेका स्थानीयमाथी स्थानीय प्रशासनले ‘प्रहरी बल’ प्रयोग गरेको छ ।https://www.facebook.com/khatrilok/videos/2863463767073699/?t=0 प्रशारण लाईनको टावर राख्ने फाउण्डेसन रहने निर्माण स्थलमा घेरेर बसेका स्थानीयलाई शसस्त्र र जनपद प्रहरीले धकेल्दै निकालेपछि आयोजनाका मजदुरले डोजर लगाएर धमाधम खाल्डो खनेका थिए । ‘हामी हाम्रो पुख्यौली थलोमा बसेका हौं । तर प्रहरीले हामीलाई अपराधीलाई झै अमानवीय शैलीमा घिच्याउँदै, लतार्दै लखेट्यो र डोजर चलायो’ पीडित लोकबहादुर खत्रीले भने, ‘हाम्रा सन्तानले पुर्खाको थलोमा झुप्रो बनाउन पनि नपाउने भए । हामीलाई अर्को थलो ब्यवस्था नगरी उठीवास गराईयो ।’ खत्रीले थपे, ‘हामी आयोजनाको विरोधी होईनौं । कालीगण्डकी किनारै किनार हाईटेन्सन लाईन लैजाने विकल्प थियो तर मोटरवाटोको छेउको सहज वस्ती रोजियो ।’ घरजग्गाको मुअब्जा प्रस्ताव स्थानीयले अस्वीकार गरी प्रसारण लाईनको काममा अवरोध गरेपछि आयोजना र स्थानीय प्रशासन वलप्रयोग गरी काम अगाडी बढाउने निस्कर्षमा पुगेको हो । आयोजनाको बेनी–कुस्मा १ सय १४ वटा टावरमध्य पोखरेवगर क्षेत्रमा ६ वटा टावर परेका छन । पोखरेबगर बेनी–जोमसोम–कोरला सडक खण्डमा बेनीदेखीे १८ किलोमिटर उत्तरमा अवस्थित छ । ‘परिस्थिती उत्तेजित भै मानवीय क्षतिको जोखिम न्यूनिकरण गर्न निर्माणस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको हो’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सुरक्षाकर्मी दमन गर्न गएका होईनन । स्थानीयका माग जाहेज भएपनि विकल्प अर्को नभएकोले समस्या भएको हो । कुलमानसरसँग पनि स्थानीयका गुनासा सम्बोधन गरिदिन फोनमा आग्रह गरेको छु । छलफलमै निकास निकाल्न प्रयास भैरहेको छ ।’ उच्च विधुत प्रवाह हुने प्रशासरण लाईन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पाखरेवगर क्षेत्रको वस्ती माथी परेको छ । वस्तीमाथी प्रशासरण लाईन पर्दा एक जनाको घरवास उठ्ने छ । अन्य १५ जनाको खेत नासिने र बाँकी रहेको जग्गा हाइटेन्सन मुनी पर्ने भएकोले भविश्यमा प्रयोग गर्न नमिल्ने भएको हो । विधुत प्रशारण लाईनले प्रत्यक्ष रुपमा एक जनाको घरवास उठ्ने र अन्य १४ जनाको मुख्य खेत पर्ने भएपनि लाईनमुनीका सवै वस्ती जोखिममा परेका हुन । पोखरेवगर पुरानो वस्ती मात्र होईन, अन्नपूर्ण गाउँपालिकाको केन्द्र पनि हो । उदाउँदो सहरी वस्ती पनि हो । प्रस्तावित स्थानमा प्रशारण लाईनको टावर राख्ने र तार टाँग्दा पोखरेवर प्राथमिक विद्यालय र अन्नपूर्ण गाउँपालिकाका जग्गा प्राप्ती भै बजेट विनियोजन भएका कार्यालय भवनहरु प्रशारण लाईनमुनी पर्ने भएकोले निर्माण गर्न मिल्दैन । विधुत प्राधिकरणले कालीगण्डकी करिडोरमा उत्पादित विधुत केन्द्रीय ग्रीडमा जोड्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानामा सवस्टेसन निर्माण गर्न लागेको छ । दाना देखी पर्वतको कुस्मा नगरपालिकाको खुर्कोटहुँदै नवलपरासिको बर्दघाटसम्म १ सय ४२ किलोमिटर लामो २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईन मध्य पहिलो चरणमा दाना–खुर्कोट ४२ किमी खण्डमा धमाधम सवस्टेसन र प्रसारणलाईनका टावर निर्माण भैरहेका हुन । सडक र विजुली प्रसारण लाईनको असर अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे वगरलाई परेको छ । गापा केन्द्र कायमभएसँगै तिब्र बजारकिरण भैरहेको पोखरेवगरमा सरकारी कार्यालय राख्न र वस्ती वसाउन समस्या भएको छ । विवादित रातोपानी, पोखरे बगरमा अहिले पनि विधुत प्राधिकरणको ११ केभिए र ३३ केभिए प्रशासरण लाईन टाँगिएको छ । थप १४.८ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजना अन्तिम अवस्थामा छ । यो आयोजनाबाट उत्पादित विजुली पनि दाना सवस्टेसनमा जोड्न पोखरेवगरमा अर्को प्रशारण लाईन बनाउनु पर्छ । उच्च भोल्टेजका प्रसारण तथा वितरण लाईनमुनी जग्गा गैरकानुनी मात्र होईन अकालको मृत्यु बन्छ । हाईटेन्सन मुनी वस्ती वस्न, खेती गर्न र रुख विरुवा रोप्न वर्जित भएपनि कालीगण्डकी करिडोरको अन्धगल्छी क्षेत्रका वस्तीमाथी नै हाईटेन्सन बन्दै छन । प्रसारण लाईनको मुनी सुरक्षाको दृष्टिले ज्यादै जोखिम हुन्छ । विधुत नियमावली, २०५० ले तारदेखी घर वा रुखसम्मको दुरी २२० केभिएसम्मका भोल्टेजसम्म करिव २ मिटर कायम गरेको छ । तर कालीगण्डकी करिडोरमा प्राधिकरणले स्थानियवासीको चर्को विरोध विच आयोजनाले राज्य प्रशासनको आडमा बलपूर्वक काम अगाडी बढाएको छ ।