आज:  | Sat, 02, Jul, 2022

शान्ति समाजको धर्ना

२४ मंसिर २०७६, मंगलवार १८:४२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले सिमा अतिक्रमणको बिरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् ।  अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाली भूभागमाथि भारतीय अतिक्रमणको बिरोधमा दिउँसो ११ देखि ११.३० बजेसम्म धर्ना बसेका हुन् ।भारतले नेपाली कालीपानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर हालै प्रकाशन गरेको नक्सा सच्चाउन तथा नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गराउनुपर्ने माग सहित धर्ना बसेका थिए ।