- Loading...
प्रसारण लाईनको टावर राख्न शसस्त्र र जनपद प्रहरी परिचालन
- पुनहिल डट कम
- ५ साल अघि
- २३१ पटक पढिएको

कालीगण्डकी करिडोर २२० केभिए प्रशारण लाईनले आफ्नो घरवास हुने भन्दै अन्नपूर्ण गाउँपालिका, ६ रातोपानी, पोखरेवगरवासी विरोधमा उत्रेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी परिचालन गरेको छ ।
आयोजनाको आग्रहमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थानीयको विरोधका वाबजुट ‘वल प्रयोगगरी’ प्रसारण लाईनको ६ वटा टावर राख्न शसस्त्र र जनपद प्रहरी परिचालन गरेका हुन । धिरच्याङ्ग, रातोपानी र पोखरेवगरवासी प्रसारणलाईनको एलामेन्ट परिवर्तन गर्न माग गर्दै आन्दोलनमा छन ।
‘कालीगण्डकी करिडोर प्रशारण लाईनको टावर राख्न स्थानीयले निरन्तर अवरोध गरिरहेको अवस्थामा स्थिती उत्तेजित भै मानवीय क्षतिको जोखिम न्यूनिकरण गर्न आईतवारदेखी निर्माणस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको हो’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सुरक्षाकर्मी दमन गर्न गएका होईनन । स्थानीयका माग पुरै नठिक भन्न नमिल्ने भएकोले आज (सोमबार) कुलमानसरसँग पनि स्थानीयका गुनासा सम्बोधन गरिदिन फोनमा आग्रह गरेको छु । छलफलमै निकास निकाल्न प्रयास भैरहेको छ ।’
उच्च भोल्टेजका प्रसारण तथा वितरण लाईनमुनी जग्गा गैरकानुनी मात्र होईन अकालको मृत्यु बन्छ । हाईटेन्सन मुनी वस्ती वस्न, खेती गर्न र रुख विरुवा रोप्न वर्जित भएपनि कालीगण्डकी करिडोरको अन्धगल्छी क्षेत्रका वस्तीमाथी नै हाईटेन्सन बन्दै छन ।
प्रसारण लाईनको मुनी सुरक्षाको दृष्टिले ज्यादै जोखिम हुन्छ । विधुत नियमावली, २०५० ले तारदेखी घर वा रुखसम्मको दुरी २२० केभिएसम्मका भोल्टेजसम्म करिव २ मिटर कायम गरेको छ । तर कालीगण्डकी करिडोरमा प्राधिकरणले स्थानियवासीको चर्को विरोध विच आयोजनाले राज्य प्रशासनको आडमा बलपूर्वक काम अगाडी बढाएको छ ।
‘हामी पुर्खादेखी वस्तै आएका हौं । आयोजना पछि आएको हो । हामी प्रसारण लाईनका विरोधी होईनौं, तल कालीगण्डकी किनारै किनार वा माथी डाँडाबाट लैजाउँ वस्ती जोगाउ भन्ने हो’ स्थानीय पीडित लोक खत्रीले भने, ‘आयोजना वस्तीमा संञ्चालन गर्दा उठेर जाने थलोको ब्यवस्था छैन । कौडीको मुल्य थाप नत्र गोली हान्छु भन्दै प्रहरी तैनाथ गरिनु मानव अधिकारको गम्भीर उल्लङ्गन हो ।’
पोखरेवगर पुरानो वस्ती मात्र होईन, अन्नपूर्ण गाउँपालिकाको केन्द्र पनि हो । उदाउँदो सहरी वस्ती पनि हो । प्रस्तावित स्थानमा प्रशारण लाईनको टावर राख्ने र तार टाँग्दा पोखरेवर प्राथमिक विद्यालय र अन्नपूर्ण गाउँपालिकाका जग्गा प्राप्ती भै बजेट विनियोजन भएका कार्यालय भवनहरु प्रशारण लाईनमुनी पर्ने भएकोले निर्माण गर्न मिल्दैन ।
सडक र विजुली प्रसारण लाईनको असर अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे वगरलाई परेको छ । गापा केन्द्र कायमभएसँगै तिब्र बजारकिरण भैरहेको पोखरेवगरमा सरकारी कार्यालय राख्न र वस्ती वसाउन समस्या भएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
