आज:  | Sat, 02, Jul, 2022

प्रभा माविका छात्रालाई सेनेटरी प्याड

२३ मंसिर २०७६, सोमबार १६:५९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
महिनावारीको समयमा छात्रा विद्यालय नआउने समस्या न्युनीकरणका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माविका छात्राहरुलाई आइतबार सेनेटरी प्याड वितरण गरिएको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अन्नपूर्ण गाउँपालिकाले छात्राहरुले महिनावारीको समयमा विद्यालय उपस्थित भएर पढ्नलाई सहज वातावरण होस भन्ने उद्देश्यले सेनेटरी प्याड वितरण गरेको हो ।गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, वडा अध्यक्ष चन्द्रप्रकाश फगामी र महिला तथा बालबालिका शाखाका प्रमुख सविना थापाले कक्षा ७ देखि ११ सम्म अध्ययन गर्ने ९० जना छात्रालाई प्याड वितरण गरे ।