नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छिन् ।घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपाललाई रजत दिलाएसँगै निरु र मनमायाले सन्यास घोषणा गरेकी हुन् ।यस्तै मनमाया लिम्बुले पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छिन् । साग अन्तर्गत पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भएको थियो ।