FLASH NEWS
  • Loading...

राष्ट्रिय सेवा दल जुनियर क्याडरको विदाई

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३४ पटक पढिएको
राष्ट्रिय सेवा दल जुनियर क्याडरको विदाई

म्याग्दीमा संञ्चालित राष्ट्रिय सेवा दल जुनियर डिभिजन ४६ औं ब्याचका क्याडरहरुलाई क्याम्प तालिमकालागी विद्यालयबाट विदाई गरिएको छ । पछिल्ला समय विद्यालय तहमा छात्र/छात्रा विच सैन्य तालिम प्रति आर्कषण बढेको छ ।

बेनी स्थित माउण्ट एभरेष्ट आवसिय माध्यमिक विद्यालयका १८ जना छात्रासहित ३६ जना विद्यार्थी नेपाली सेना मातहतको श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोर नवलपुरमा राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिममा सहभागी हुन जान लागेका हुन ।

‘हाम्रा ३६ जना छात्राछात्र स्कुल तहको राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम पुरागरी थप तालिमका लागी हात्तिखोर तालिम शिक्षालय जान लागेका हुन’ माउण्ट एभरेष्ट आवसिय माविका फाउण्डर/सहायक प्रअ राजु केसीले भने, ‘उनीहरुले असार ६ गतेदेखी औपचारिक कक्षाको पढाई बाहेक अतिरिक्त १ घन्टा सैन्य प्रकृतिको शारिरिक तथा मानसिक तालिममा सहभागी थिए ।’

विद्यालयले जुनियर क्याडरहरुलाई आईतवार एक कार्यक्रम गरी विदाई गरेको हो । थप तालिममा जान लागेका सेवा दल जुनियर क्याडेटहरुले विद्यालय तहमा सिकेका सैन्य तालिमका परेड, खुकुरी नृत्य प्रर्दशन तथा अन्य कला प्रर्दशन गरेका थिए ।

श्री राष्ट्रिय सेवा दलको मध्य तालिम शिक्षालय हात्तिखोरमा १९ दिन विद्यालय तहको सैन्य तालिम प्राप्त छाक्राछात्रलाई नेतृत्व, ब्यत्तित्व विकास, नैतिक उत्प्रेरणा, राष्ट्रिय एकता, वारुदी सुरुङ्ग जोखिम, ट्राफिक सचेतना, महिला तथा बाल अधिकार, प्रकृती तथा वातावरण संरक्षण, निकुञ्ज/आरक्षण क्षेत्र, विपद ब्यवस्थापन तथा उद्धार, सैनिक कला अभ्यास, विविध खेलकुद, शारिरिक तालिम तथा प्राथमिक उपचार सम्बन्धी तालिम दिईने प्रशिक्षक शिक्षालयका जम्दार मोहन थापाले बताए ।

राष्ट्रिय सेवा दल ऐन २०२७ को प्रस्तावनामा ‘नेपालका छात्रछात्राहरुमा देश प्रति वफादारीको भावना अझ जागृत गराई राष्ट्रिय सेवा भाव विकसित गरी योग्य र अनुसासित नागरिक बनाउन र उनीहरुमा नेतृत्व क्षमता बढाउन सैनिक तालिम दिन वान्छनिय भएकोले’ उल्लेख गरिएको छ ।

बेलायती सेनाले सुरु गरेको स्कुले विद्यार्थीलाई सैन्य तालिम दिने कार्यक्रम नेपालले विस २०२२ सालदेखी सुरु गरेको हो । सुरुमा सकृय भएपनि लामो समय निस्कृय प्रायः रहेको सेनाको सेवा दललाई विस २०७२ सालदेखी पुनः सकृय जुनियर तहमा समेत तालिम सुरु गरिएको हो । छिमेकी भारत समेत विश्वका धेरै देशमा यस्तो खाले स्कुले विद्यार्थीलाइ सैन्य तालिम संञ्चालन गर्दै आएका छन ।

म्याग्दीमा ०७२ सालदेखी सदरमुकाम बेनीको बेनी सामुदायकि माध्यामिक विद्यालयबाट राष्ट्रिय सेवा दलको जुनियर सैन्य तालिम दिन थालिएको हो । प्रकाश मावि, जमुनाखर्क माविपछि निजी लगानीको विद्यालयका विद्यार्थीलाई सैन्य तालिम संञ्चालन गरिएको यो पहिलो हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल