मालिका गाउँपालिका केन्द्र रहेको दरवाङ बजारमा रहेको न्यू मालिका महिला वचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभाबाट ममसरा कार्की निर्वाचित भएकी छिन ।
संस्थाको शनिवार दरवाङ्गमा सम्पन्न सातौ साधारण सभाबाट उपाध्यक्षमा गौमती चापागाई, सचिवमा लक्ष्मी आचार्य, कोषाध्यक्ष हरीमाया विक निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा मीना फगामी, कृष्णा तुलाचन, सुजन पुन, चित्रा पुन, चन्द्रमाया गुरुङ्ग, शर्मिला पुन र लेसकुमारी घर्ती रहेका छन । संस्थाको लेखा समितीको संयोजकमा दिवानी सापकोटा, सावित्री न्युउरे र देवी रोका निर्वाचित भएका छन । संस्थाको सल्लाहकार समितिमा खरमायाँ विटालु, याममती रोका, सुनमायाँ गुरुङ्ग र इन्द्र तुलाचन चयन भएका छन ।
