- Loading...
गुड टच, ब्याड टच
- पुनहिल डट कम
- ५ साल अघि
- १५२ पटक पढिएको

बच्चालाई कसरी सुरक्षित गर्ने ? हिजोआज बालबालिकासम्बन्धी अपराध बढ्दो छ । बालबालिका केवल माया मात्र बुझ्छन् । नियत ठम्याउन सक्ने गरी उनीहरुको मानसिक क्षमताको विकास भइसकेको हुन्न । यस्तोमा गलत व्यक्तिले गर्ने व्यवहारसमेत उनीहरुलाई माया लाग्न सक्छ । यसबाट जोगाउन बालबालिकालाई केही प्रशिक्षण दिन आवश्यक छ, जुन अभिभावकले सहजै घरमै सिकाउन सक्छन् ।
अपरिचितसँग टाढै
परिवारका सदस्यले चिनाएका व्यक्तिबाहेक अन्यसँग नजिक नहुने, सँगै बसाउन खोजे नबस्ने, केही खानेकुरा दिए नखाने ।
एकै उमेरका साथी
सकेसम्म एकै उमेरकासँग खेल्ने बानीको विकास गराउने । आफूभन्दा ठूलो उमेरका व्यक्तिसँग सकेसम्म घुलमिल नगराउने ।
गुड टच, ब्याड टच
बालबालिकालाई उनीहरुले बुझ्ने भाषामा छुवाईबारे जानकारी दिने । आमाबाबुले गर्ने कुन व्यवहार ठीक हो, त्यही व्यवहार अपरिचित या सामान्य चिनजानका व्यक्तिले गर्दा कसरी खराब हो भनेर सम्झाउने । जस्तो आमाबाबु र परिवारका सदस्यले अंकमाल गर्नु, काखमा राख्नु, गालामा किस खानु सामान्य व्यवहार हो तर यही व्यवहार अपरिचित र सामान्य चिनजानका व्यक्तिले गर्नु खराब हुनसक्छ । शरीरमा कहाँ कहाँ छुँदा ब्याड टच हो, त्यसबारे उनीहरुलाई बाल्यभाषामा जानकारी दिनुपर्छ ।
कहाँ गयौ, के गर्यौ सोध्ने
साना बालबालिका स्कुल जाँदा होस् या अन्य स्थानमा घर फर्किएपछि कहाँ गयौ, के–के भयो, को–कोसँग कुरा ग¥यौ, कसले के भन्यो जस्ता विषय सामान्य ढंगले सोध्दा उनीहरुले सहजै बताउँछन् । स्कुलमा पनि को राम्रो लाग्छ, को राम्रो लाग्दैन, राम्रो किन राम्रो लागेको, नराम्रो किन लागेको जस्ता विषयमा सोध्नुपर्छ । यसले कसैले गलत व्यवहार गरेको छ भने समयमै जानकारी पाउन सकिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
