- Loading...
डली गुरुङको मेरो क्यान्सर यात्रा
- पुनहिल डट कम
- ५ साल अघि
- १८२ पटक पढिएको

क्यान्सर भएपछि जीवनलाई नजिकबाट महसुस गरेकी डलीले आफ्नो जीवन यात्रा र क्यान्सरपछिको यात्रालाई समेटेर मेरो क्यान्सर यात्रा (माई क्यान्सर जर्नी) पुस्तक सार्वजनिक गरेकी छिन् । ठूलो आन्द्राको क्यान्सर भएपछि उनमा जीवन के रहेछ भन्ने आत्मज्ञान पलायो ।
नेपालकी प्रथम महिला मोडल हुन्–डली गुरुङ (प्रतिभा) याकथुम्बा । उनको परिचय त्यतिमा मात्र सीमित छैन । गुरूङ सफल उद्यमी एवं पर्यटन व्यवसायी पनि हुन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध गुरूङ समयले भ्याएसम्म कोरियोग्राफी पनि गर्छिन् ।
नेपालमै पहिलोपटक आयोजित ‘सुदीप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ तथा ‘सुदीप्त सुपर किड्स क्यान्सर सर्भाइभर र्याम्प वाक’ को सफल कोरियोग्राफी गरेकी थिइन्–डलीले । त्यसमा क्यान्सरलाई जितेका तथा उपचारका क्रममा रहेका महिला–पुरुष एवं बालबालिकाहरूसहभागी थिए ।
क्यान्सर भएपछि जीवनलाई नजिकबाट महसुस गरेकी डलीले आफ्नो जीवन यात्रा र क्यान्सरपछिको यात्रालाई समेटेर मेरो क्यान्सर यात्रा (माई क्यान्सर जर्नी) पुस्तक सार्वजनिक गरेकी छिन् । ठूलो आन्द्राको क्यान्सर भएपछि उनमा जीवन के रहेछ भन्ने आत्मज्ञान पलायो । क्यान्सर भएपछि के गर्ने ?आफै रोएर, परिवार, साथीभाइ एवं आफन्तहरूलाई रुवाउने ? उनले आफूलाई क्यान्सरपछि अझ उत्साहित भएर आफन्तहरूलाई ढाडस दिँदै गइन् ।
ज्ञानोदय बालबाटिका स्कुल ललितपुरकी संस्थापक एवं पुस्तक लेखिका डली गुरुङ याकथुम्बाकी सासू इन्दिरा याकथुम्बाले ललितपुर पुल्चोकस्थित डलीकै व्यावसायिक केन्द्र ‘मोक्ष’ मा उक्त पुस्तक विमोचन गरेकी थिइन् । पुस्तकमा उनले आफूलाई क्यान्सर लागेदेखि उपचारका क्रममा रहँदा र निको हुँदासम्मका सुख–दु:खका अनुभव एवं भावना व्यक्त गरेकी छिन् भने पुस्तक आकर्षक तस्बिरहरूले सजिएको छ ।
‘मलाई क्यान्सर भएपछि उपचारका लागि मेरा आफन्त एवं इष्टमित्रले विदेशी अस्पतालमा जान सुझाएका थिए, तर मैले आफ्नो रोगको उपचार नेपालकै डाक्टरहरूबाट गराएँ र अहिले पूर्णरूपमा निको पनि भयो’–पुस्तक विमोचन समारोहमा डलीले भनिन् ।
उनले जीवनका विभिन्न रंग, समय एवं परिस्थितिको थिममा विशेष फोटोसुट गराएकी थिइन् जुन पुस्तकमा समेटिएको छ । ५ दिन चलेको उक्त प्रदर्शनीमा भएका तस्बिर बिक्रीसमेत गरिएको थियो । ‘क्यान्सर लाग्दैमा आात्तिनु पर्दैन, समयमै सही ठाउँमा उपचार गरे निको हुन्छ’ भन्ने सन्देशसहितको उक्त पुस्तक तथा प्रदर्शनीमा राखिएका तस्बिर बिक्रीबाट प्राप्त रकम गरिब क्यान्सर रोगी महिलाको उपचारमा खर्च गरिने बताइएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
