- Loading...
मार्केटिङमा पौराणिक ग्रन्थको प्रेरणा
- पुनहिल डट कम
- ५ साल अघि
- ४३५ पटक पढिएको

आवश्यकताहरुको सिर्जना गर्नु नै मार्केटिङ हो। योगीबाट भोगी नबनाई बजारीकरण हुँदैन।
पौराणिक ग्रन्थहरुमा वर्णन हुने अप्सराहरु सबैभन्दा राम्रा बजार व्यवस्थापक हुन् । एकपटक विचार गरौं, को हुन् अप्सरा ? र अप्सराको प्रवेश कतिबेला हुन्छ ?
एकातिर इन्द्र छन् जो स्वर्गमा बस्छन् । एकदिन इन्द्रले देख्छन्, एकजना ऋषिले तपस्या गरिरहेछन् । यो तपस्याबाट इन्द्रले असुरक्षा महसुस गर्छन् । जसरी आफ्नो उत्पादनप्रति ग्राहकहरुको ध्यान जान छोडेपछि उद्यमीहरु आत्तिन्छन् त्यसरी नै इन्द्र पनि आत्तिन थाल्छन् । ऋषिले आँखा बन्द गर्नुको अर्थ हो, ग्राहकले आँखा चिम्लिदिनु । उत्पादनहरु प्रति ध्यान नदिनु । त्यसोभए के गर्ने त ? इन्द्रले अप्सराको प्रयोग गर्छन् ।
उनले अप्सरालाई ऋषिका आँखा खुलाउन पठाउँछन् । अप्सरा जान्छिन् र अनेक प्रयास गरेर ऋषिका आँखा खोलिदिन्छिन् । आजको भाषामा भन्ने हो भने, अप्सरा भनेको ‘सेल्स एन्ड मार्केटिङ टिम’ हो । उनीहरु ग्राहकसम्म पुग्छन् । आफ्ना उत्पादनबारे व्याख्या गर्छन् । मानिसहरुलाई विश्वास दिलाउँछन् । र, उत्पादन खरिद गर्न बाध्य पार्छन् । खासमा उनीहरुले ग्राहकलाई आँखा खोल्न बाध्य पारिहेका हुन्छन् ।
बुद्ध धर्ममा भने यस्तो हुँदैन । बुद्धले यी सबैको विरोध गर्छन् किनभने उनले बजारको कुरा गरेका छैनन् । उनले त मानसिक शान्तिको वकालत गरेका छन् ।
बजार आवश्यकताको खरिद–बिक्री हुने ठाउँ हो । त्यसैले मार्केटिङ गर्नु भनेको आवश्यकता सिर्जना गर्नु हो । नर्तकी अथवा अप्सराहरु बजारका प्रतिक हुन् । उनीहरुले नाचगान गरेर बजारमा आवश्यकता सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले आनन्दको माग सिर्जना गर्छन् । हामीले किन रमाइलो गर्न खोज्छौं ? किनभने हामी आनन्द लिन चाहन्छौं । हामी आनन्द लिन किताब पढ्छौं, भ्रमण गर्छौं, कपडा किन्छौं । अनेक गर्छौँ । भोग र आनन्द जोडिएको छ ।
खासमा योगीबाट भोगी बनाउनु नै मार्केटिङ (बजार व्यवस्थापन) हो । अप्सराहरुले यही नै गरिरहेका हुन्छन् । उनीहरुले योगीलाई भोगी बनाइदिन्छन् ।
मैले यसरी अप्सरा भनिरहँदा धेरैलाई कुनै सुन्दर नर्तकी लाग्नसक्छ । अप्सरा को हुन् ? अप्सरा एक विचार हुन् । अप्सरा प्रतिक हुन् । मानिसहरुका ईच्छा बुझ्ने र त्यो पूरा गरिदिने कर्मको प्रतिक ।
जस्तै, मानिसहरु अहिले जसरी हुन्छ सम्पर्कमा रहिरहन चाहन्छन् । मोबाइलले मानिसको यही चाहना बुझे । त्यसैले मोबाइल एउटा अप्सरा हो । के तपाईं फोनबिना बाँच्न सक्नहुन्छ त ? त्यसैले त भनेको, योगीलाई भोगी बनाउनु नै बजार व्यवस्थापन हो ।
आविष्कारहरु पनि यसैगरी नै भएका छन् । किनभने हरेक योगीभित्र भोगीपन हुन्छ । हरेकको भिन्दाभिन्दै भोगको चाहना चिनेर पूरा गरिदिने सिलसिलामा नै विभिन्न सामग्रीको आविष्कार भएको हो ।
मार्केटिङ भनेकै यही हो । चाहना चिन्ने र पूरा गरिदिने ।
एउटा उदाहरण दिन्छु, प्रेसर कुकरको । पहिला अल्छि महिलाहरुमात्र प्रेसर कुकर प्रयोग गर्छन् भनिन्थ्यो । त्यसैले महिलाहरु अन्यौलमा थिए । उनीहरु कसैको प्रतिक्षामा थिए जसले भनिदेओस् – प्रेसर कुकर अल्छिपनको प्रतिक होइन ।
त्यसैले विज्ञापन बने । जसले भन्यो – प्रेसर कुकर प्रेमका प्रतिक हुन् । विज्ञापन थियो – जसले पत्निलाई गर्छ प्यार, ऊ कसरी गर्न सक्छ प्रेसर कुकरलाई अस्विकार ? यो वाक्यले योगी अर्थात् ‘अल्छि महिला’लाई भोगी अर्थात् ‘प्रेमिका’ बनाइदियो ।
बजार व्यवस्थापनसँग जोडिने अर्को पाटो व्यक्तिगत पहिचानको पनि हो । व्यक्तिगत पहिचानले बजारमा ठूलो प्रभाव पार्छ ।
पहिचान निर्माण गर्ने बेलामा शुरुमै तपाईं के गर्नुहुनेछैन भन्नेबारे स्पष्ट हुनुपर्छ । जस्तै, रामले कहिल्यै होली वा रासलीला खेलेनन् । त्यसैले उनी शासक नै देखिए । चाहे जंगलमा होस् वा दरबारमा । उनले यी काम नगरेरै आफ्नो पहिचान निर्माण गरे । अर्कोतर्पm कृष्ण कहिल्यै शासक बनेनन् । उनले सधैं रमाइलो गरे । मोजमज्जा गर्ने मानिस राजा त हुँदैन ।
त्यसैले के नगर्ने भन्नेमा स्पष्ट हुनुपर्छ । मानिसहरु जे पनि बन्न चाहन्छन् । उनीहरु रमाइला पनि, गम्भिर पनि, शासक पनि, जोकर पनि बन्न खोज्छन् । त्यसैले केही बन्दैनन् ।
देखापढीमा देवदत्त पटनायकको लेख ।
तस्वीर श्रोत ः गुगल ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
