- Loading...
जमाना हेयर स्टाइलको
- पुनहिल डट कम
- ५ साल अघि
- ४३१ पटक पढिएको
![hair style जमाना हेयर स्टाइलको](https://www.punhill.com/wp-content/uploads/2019/12/Nari-29092019114400-600x0.jpg)
अहिले एउटै हेयर स्टाइलमा सीमित हुने जमाना छैन । सामान्य जीवन चलाउनेदेखि सेलिब्रेटीहरूमा पनि विविध हेयर स्टाइलमा रहने सोच हाबी हुँदै गएको छ । यसैगरी हेयर स्टाइलको दुनियाँमा पनि आधुनिक हेयर स्टाइलदेखि परम्परागत हेयर स्टाइलसम्म कायमै छन् । हेयर स्टाइलको कुरा गर्ने हो भने अहिले धेरैजसो रफ तथा वाइल्ड हेयर स्टाइल चलेको पाइन्छ । अहिले मानिसहरू चिटिक्क परेको भन्दा पनि गज्याङगुजुङ हेयर स्टाइलप्रति आकर्षित छन् ।
हेयर स्टाइलका लागि सबैभन्दा पहिले नेचुरल हेयर टेक्चर, फेस कट तथा पहिरनअनुसार हेयर स्टाइल फरक हुन्छ । अहिले वाइल्ड स्टाइल तथा मेसी वन फेसनमा छ । त्यसमा पनि स्क्वायर वा राउन्ड फेस कट हुनेहरूले केश कर्ली गरी अगाडि हल्का छोड्दा राम्रो देखिन्छ । छोडेको वेभ हेयरले फेसको पार्टलाई कभर गरी फेस लामो देखाउँछ । निधारको साइड छोटो छ भने सेन्टर पार्ट गर्नुपर्छ र निधार ठूलो हुनेले साइड पार्ट लिनुपर्छ । केश पातलो छ भने चक्र जुन ठाउँमा फर्किएको छ त्यसको अपोजिट लिँदा केशको भोलुमले आकर्षक देखिन्छ ।
केश प्राकृतिक रूपमै कर्ली छ भने मिडियम होलको स्टाइलिङ प्रोडक्ट अप्लाई गर्दा राम्रो देखिन्छ । यस्तो हेयर काइँयोले कोर्दा अझ फ्रिजी देखिन्छ । टिनएजरहरूमाझ भने सर्ट हेयर स्टाइल फेसनमा छ ।
लुकमा परिवर्तन ल्याउन हेयर कलर सबैभन्दा राम्रो विकल्प हो । यसका लागि अम्ब्रे, बालाइज कलर ट्रेन्ड छ भने हाइलाइटरको ट्रेन्ड पनि बढी छ । स्टाइलिस्ट, ग्ल्यामरस र आई क्याची देखाउन वा भीडमा आफूलाई अलग रूपमा प्रस्तुत गर्न केशलाई हाइलाइट गर्नु राम्रो विकल्प हो । यसमा सम्बन्धित विज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।
छालाअनुरूप रंग चयन
नेचुरल कलर : जब कुरा नेचुरल कलरको आउँछ तब धेरैले ब्राउन, रेड वा बरगन्डी कलर प्रयोग गर्छन् । आफ्नो छालाको टोनलाई ध्यानमा राखी केश कलर गराउनुपर्छ । छालाको टोन पहेंलो छ भने गोल्ड वा ब्राउन कलर प्रयोग गर्दा अनुहार बढी पहेंलो देखिन्छ ।
ब्राउन कलर : यो एउटा सेफ कलर हो । फेस कलर भएकाहरूलाई पनि ब्राउन कलर सुहाउँछ ।
बरगन्डी : यो कलर निकै चर्चित छ । छालाको टोन ओलिभ वा एलो रंगको छ भने यो कलर छान्नुपर्छ । यो रंग अलि गाढा छालामा सुहाउँछ ।
रेड : यो कलरका अनेकौं सेड उपलब्ध छन् । छाला धेरै गोरो छ भने कपर वा लाइट रेड प्रयोग गर्नुपर्छ, न कि ओरेन्ज । ओलिभ छालामा ब्लु बेस रेड कलर प्रयोग गर्न सकिन्छ जुन गाढा रातो हुन्छ । छाला रातो छ भने रेड हेयर कलर लगाउनु उपयुक्त हुँदैन ।
गोल्डेन : यो रंग इन्डोएसियन छालामा त्यति सुहाउँदैन ।
मोक्का कलर : डार्क बेसको रिच मोक्का पनि अहिले बजारमा उपलब्ध छ । कफी बेसको यो कलर घाममा रिफलेक्स हुँदा अझ सुन्दर देखिन्छ । यो कलर कामकाजी महिलाहरूका लागि उपयुक्त छ ।
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)
ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी
![ओ ! सुनगाभा](https://www.punhill.com/wp-content/uploads/DSC01714-500x350.jpg)