- Loading...
कालीगण्डकी करिडोर विधुत लाईनले घरवास उठ्दै
- पुनहिल डट कम
- ५ साल अघि
- २५७ पटक पढिएको

वस्तीमा कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए हाईटेन्सन लाईनको टावर परेपछि अन्नपूर्ण गाउँपालिका, ६ धिरच्याङ, रातोपानी र पोखरेवगरबासीको घरवास उठाउने भएको छ ।
कालीगण्डकी करिडोरमा निर्माणाधिन २२० केभिए अर्न्तर देशिय विधुत हाईटेन्सन लाईनको ६ वटा टावर धिरच्याङ्ग, रातोपानी र पोखरेवगरको वस्तीमा परेपछि स्थानीयले टावर निर्माणमा अवरोध गर्दै आएका छन । प्रस्तावित स्थानमै हाईटेन्सन लाईनको टावर वनाउँदा घनबहादुर बरुवालको घरवास उठाउनु पर्ने हुन्छ ।
‘पुर्खादेखी वस्तै आएको थलो र घरवास उठाएर लाद्न खोजिको विकास मानव अधिकारको गम्भीर उल्लङ्गन हो । मुअब्जा दिएर मान्छेलाई जर्वजस्ती थातथलो छोड्न बाध्य पारिए त्यस्तो विकास प्रकृया रोक्न अदालत जान्छौं’ पीडित घनबहादुर बरुवालले भने, ‘विधुत ऐन र वातावरण ऐनले विधुतको हाईटेन्सन मुनी वस्ती बनाउन दिन्न, यहाँ त जर्वजस्ती वस्तीमाथी हाईटेन्सन राखिदैछ ।’
उच्च भोल्टेजका प्रसारण तथा वितरण लाईनमुनी जग्गा गैरकानुनी मात्र होईन अकालको मृत्यु बन्छ । हाईटेन्सन मुनी वस्ती वस्न, खेती गर्न र रुख विरुवा रोप्न वर्जित भएपनि कालीगण्डकी करिडोरको अन्धगल्छी क्षेत्रका वस्तीमाथी नै हाईटेन्सन बन्दै छन ।
प्रसारण लाईनको मुनी सुरक्षाको दृष्टिले ज्यादै जोखिम हुन्छ । विधुत नियमावली, २०५० ले तारदेखी घर वा रुखसम्मको दुरी २२० केभिएसम्मका भोल्टेजसम्म करिव २ मिटर कायम गरेको छ । तर कालीगण्डकी करिडोरमा प्राधिकरणले स्थानियवासीको चर्को विरोध हुँदाहुँदै प्रशासन प्रयोग गर्ने धम्की दिँदै आएको छ ।
‘पोखरेवगर पुरानो वस्ती मात्र होईन, अन्नपूर्ण गाउँपालिकाको केन्द्र पनि हो । उदाउँदा सहरी वस्ती पनि हो । वस्ती छोड्न सकिँदैन’ सिडिओ कार्यालयमा आयोजित पीडित र आयोजना वीचको छलफल कार्यक्रममा अर्का पीडित सन्तोष बरुवालले भने, ‘प्रलोभनमा सिडियो सरलाई मानवअधिकार कुल्चेर जनताको घरवास उठाउन बन्दुक तेर्साउन सजिलो हुने छैन । आयोजना सच्याउन सकिन्छ, मान्छेको स्वाभिमान किन्न सकिन्न ।’
सडक र विजुली प्रसारण लाईनको असर अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे वगरलाई परेको छ । गापा केन्द्र कायमभएसँगै तिब्र बजारकिरण भैरहेको पोखरेवगरमा सरकारी कार्यालय राख्न र वस्ती वसाउन समस्या भएको छ ।
‘हामी जनताका सेवक हौं । राज्यका ऐनकानुन पनि कार्यान्वयन गर्ने दायित्व हामीसँग छ । आयोजना सम्पन्न गर्ने दायीत्व पनि हामी सवैको हो । आयोजनाको एलाईमेन्ट परिवर्तन गर्न नसकिने नै हो भने स्थानीयले नै लचिलो भैदिनु पर्यो’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘आयोजनाले नर्म्सको मात्र कुरा नगरी परिस्थिती र आवश्यकताको शिद्धान्त अपनाउनु पर्यो ।’
संसारको सर्वाधिक गहिरो र साँघुरो यो अन्धगल्छीमा निर्माणाधिन र प्रकृयाका दर्जन आयोजनाको विजुली केन्द्रीय ग्रीडमा जोड्न कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाईन निर्माण भैरहेको छ । यी आयोजनाबाट उत्पादित विधुत दाना सवस्टेसनमा जोड्न साँघुरो गल्छीमा अवस्थित वस्ती माथी छुट्टाछुट्टै हाईटेन्सन लाईन बनाउनु पर्छ ।
कालीगण्डकीले बनाएका अधिकतम दुई सय मिटर फराकिला बगरमा अवस्थित तिप्ल्याङ, महभीर, धिरच्याङ, ठूलोवगर, रातोपानी, पोखरेवगर, तातोपानी, नारच्याङ, दाना, गाडपार बस्तीमाथी उच्च भोल्टेज विधुत प्रसारण लाईन निर्माण भैरहेको छ ।
‘हाईटेन्सन लाईन सकेसम्म वस्ती छलेर वल्लो डाँडादेखी पल्लो डाँडासम्म तार टाँगेका छौं । तलका वस्तीलाई जोखिम छैन । विवादित स्थानबाट टावर अन्यत्र सार्न सक्दैनौं’ सिडिओ कार्यालयमा विहिवार प्रभावितहरुसंग आयोजना प्रमुख चन्दन घोषले भने, ‘साँघुरो गल्छी भएकोले वस्ती र सडक भन्दा धेरै टाढा पुग्न सकिने अवस्था छैन । बाध्य छौं । मुअब्जामा हदै लचिलो छौं ।’
आकाशमा उच्च भोल्टेजको प्रसारण लाईनको र जमिनमा फराकिलो ‘राईट अफ वे’ सहितको सडक निर्माणले कालीगण्डकी किनाराका बस्ती प्रभावित बनेका छन । दैलो छेउमा सिंहदरवार आएपछि खोलाको बगरमा पनि बस्ती बढ्ला, ब्यापार होला भन्ने विस्वास गरेका पोखरेवासी विधुत हाईटेन्सनले वस्ती उठाउन खोज्दा पिरोलिएका छन । विधुतले मात्र होईन, आधा जमिन सडकले काटेपछि पुरै बस्ती संकटमा परेको हो ।
‘जमिन तल कालीगण्डकी कटान, अनि सडकले ओगट्ने र आकासमा विजुलीको तारले ओगट्दा वस्ती विकास गर्न समस्या भएको छ’ अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले भने, ‘साँघुरो ठाउँमा सडक, विजुली र भोली अरु आयोजना पनि थपिदा यी वस्तीको अवस्था के होला आजै विचार पुर्याउनु पर्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
