Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मुअब्जा नपाएपछि घारखोला जलविधुत विरुद्ध उजुरी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९७ पटक पढिएको
मुअब्जा नपाएपछि घारखोला जलविधुत विरुद्ध उजुरी

निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाले पेनस्टक पाईप राख्ने निर्माण गरिएको प्रवेशमार्ग निर्माण धानखेत मासिएपनि आयोजनाले मुअब्जा नदिएको भन्दै स्थानीयले गाउँपालिकामा उजुरी गरेका छन ।

घारखोला जलविधुत आयोजनाले आफ्नो कित्ता नं ५४७, ५४८ र ५४९ रहेको धानखेत नासेर वलपूर्वक पहुँच मार्ग निर्माण गरेपनि मुअब्जा नदिएको भन्दै

अन्नपूर्ण गाउँपालिका, ६ हल्लेखर्कका एकाघरका तीन भाई शान्तबहादुर, शिव र दुर्गबहादुर बरुवालले गाउँपालिकामा उजुरी गरेका हुन ।

‘हामीले आयोजनालाई सहयोग गर्ने उद्देश्यियले वचनको भरमा आफ्नो मुख्य धानवाली नासेर सडक खन्न दियौं तर आयोजनाले बदनियतपूर्वक मुअब्जा दिन आनाकानी गरेको छ । हामीलाई गुमराहमा राख्ने सडयन्त्र भैरहेको छ । त्यसैले नाफामुखी आयोजनाबाट हामी पिडित भएका छौं, न्यायोचित मुअब्जा उपलब्ध गराई पाउँ’ पीडतहरुले गाउँपालिकामा चढाएको निवेदनमा भनिएको छ, ‘हामी आफ्नो पैत्रिक सम्पत्तिमा भोगाधिकारको सुरक्षा चाहन्छौं । अर्को ब्यवस्था नहुँदासम्म आफ्नो खेतमा पर्खाल लगाएका छौं र आयोजनाको पहुँच मार्ग अवरुद्ध भएको समेत जानकारी गराउँछौं ।’

अन्नपूर्ण गापा, ५ को कुरिलाखर्कमा बाँध बनाई तिन किमी लामो सुरुङ्गमार्गब र १२ सय मिटर पेनस्टक पाईपबाट पानी ल्याएर बेनी–जोमसोम सडकको रातोपानी खण्डको पोखरेबगरमा विधुत गृह बनाउने योजना छ ।

०७६ मंसिर भित्र निर्माण सम्पन्न गरिने आयोजना ‘थ्रि सि’ मोडेलमा कन्सल्टेन्ट कन्ट्याक्टर हाईड्रो कन्सल्ट इन्जिनियरिङ र सिभिल ठेकेदारको रुपमा साउथ एशिया इन्फाइस्टक्चर रहेका छन । आयोजनामा नागरिक उर्जा बुटवल लिमिटेड लगानी कर्ता कम्पनीको रुपमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल