- Loading...
मुक्तिनाथको दैलोमा मदिरा बोटलको थुप्रो
- पुनहिल डट कम
- ५ साल अघि
- १९९ पटक पढिएको

हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तिर्थस्थल मुक्तिनाथ मन्दीर क्षेत्र मदिराजन्य सिसा बोटल तथा प्लास्टिकजन्य फोहोरको थुप्रोले कुरुप बन्न थालेको छ ।
थोरङला हिमालको फmेदीको ३ हजार ७ सय १० मिटर अग्लो स्थानमा अवस्थित मुक्तिनाथ मन्दीरलाई हिन्दुहरुले मुत्ति क्षेत्र र बौद्धमार्गीहरुले तिब्बती भाषामा छुमङ ग्यात्सा अर्थात सय पानी भनेर पुज्ने गर्छन । मुक्तिनाथ हिन्दुका ५ प्रमुख धाममध्य मुक्तिनाथ एक हो भने बौद्धमार्गीका २४ तान्क्रीक स्थानमध्य छुमिङ ग्यात्स अर्थात मुत्तिनाथ एक हो ।
प्रख्यात धार्मिकस्थल मुक्तिनाथको रानीपौवा क्षेत्रमात्र होईन राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने जोमसोम, मार्फा तथा उपल्लो मुस्ताङ्गका लोमन्थाङसम्मका वस्तीमा सिसा तथा प्लास्टिकजन्य फोहोरको थुप्रो लागेको छ ।
‘मुक्तिनाथ मन्दीर र वरपरका वस्तीमा अब्यवस्थित र बढ्दो सिसा तथा प्लास्टिकजन्य फोहोर ब्यवस्थापन गर्न छुट्टै बजेट र कार्यक्रम बनाई काम थालेका छौं’ वारागाउँमुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेक्तेन गुरुङ्गले भने, ‘पर्यटकको संख्या बढ्यो । आर्थिक जीवनमा सुधार त ल्यायो । तर मुक्तिनाथको धार्मिक सभ्यता तथा पवित्रतामा आँच पुग्न थालेको छ ।’
मुक्तिनाथ गाउँपालिकाले ७ महिना अघि एक चरण मुक्तिनाथ क्षेत्रका रानीपौवा, झारकोट समेतका बस्तीबाट वियर तथा मदिराका ८ ट्याक्टर बोटल संकलनगरी एक किमी टाढा खाडल खनेर पुरेको थियो । गाउँपालिकाले बोटर पुरेर अस्थाई निकास निकाल्ने प्रयास गरेपनि बोटल नकुहिने वस्तु भएकोले कालन्तरमा वातावरणमा प्रतिकुल असर पर्ने हुन्छ ।
होटल तथा वस्ती क्षेत्रमा मात्र होईन, भक्तजनले स्नानपछि यत्रतत्र फालेका लाज छोप्ने भित्रीवस्त्रले पविक्र तिर्थस्थल मुत्तिनाथ मन्दीर परिसरमा समेत कुरुप भएको छ । गत बर्ष म्याग्दीबाट मुक्तिनाथ दर्शन गर्न गएका युवा प्रकाश पौडेलले मन्दीर क्षेत्रबाट ८ वोरा कट्टु, ब्रा जस्ता भित्री पोसाक संकलनगरी नष्ट गरेका थिए । मुक्तिनाथ मन्दीरको छेउको डिलमुनी अर्न्तरवस्त्रबाहेक मोजा, प्लास्टिकको झोला, खाली मिनिरल वोटल, चाउचाउका खोल आदी यत्रतत्र फाल्ने गरिएको छ । जुन प्लास्टिक फोहोर हावाहुरीले उडाएर मन्दीर क्षेत्रभरी पुर्याउने गरेको छ ।
बाहृय पर्यटकले मात्र होईन बेनी–जोमसोम सडकमा आउने आन्तरिक पर्यटक र शैक्षिक भ्रमणमा आउने स्कुल तथा कलेजका विद्यार्थीहरुले समेत वातावरण र प्रदुषणको ब्यवहारिक ज्ञान नराख्दा चाउचाउ, पानीका वोटल समेतका प्लास्टिकजन्य फोहोर यत्रतत्र फाल्ने गरेका छन ।
‘सडकसँगै गाडी पुग्यो तर वस/गाडी पार्किङ्गस्थलमा फोहोरको थुप्रो लाग्यो । न बेच्नेले डष्टवीन राख्छ न उपभोक्ताले आफ्नो फोहोर आफैले ब्यवस्थापन गर्ने । ब्यापारी र उपभोक्ता दुवै संस्कार नभएका रहेछौं’ सुरत केसीले भने, ‘होटल/रेष्टुरेन्ट पनि अगाडी चिटिक्क पछाडी सिसाका बोटल र फोहोरको थुप्रोले कुरुप ।’
पर्यटकिय पदमार्गका उत्कृष्ट गन्तब्यहरु मात्र होईन सडक संञ्जालमा जोडिएका सवै दुर्गम वस्तीहरु झनबढी मदिराका सिसा जन्य बोटल र कोकाकोला, फेन्टा, स्पाईट लाएत चिसो पेयपदार्थ, पानीका बोटल, चाउचाउ, विस्कुट, चकलेटका प्लाष्टिकजन्य फोहोरबाट बढी प्रदुषित भएका छन ।
प्लास्टिक जन्य फोहोर ब्यवस्थापन गर्न प्रयास थालिएपनि प्रभावकारी छैन । आन्तरिक पर्यटकको चाप बढेपछि पर्यटकिय क्षेत्र र पदमार्गमा प्लास्टिकजन्य फोहोर ब्यवस्थापन झन चुनौति भएको छ । वातावरण संरक्षण गर्न यस क्षेत्रमा आउने आन्तरिक तथा बाहृ पर्यटकलाइ पलाष्टिकका झोला र वोटलहरु प्रयोगमा निगरानी आवश्यक छ । पर्यटकिय क्षेत्रमा मात्र होईन हरेक वस्तीमा पलाष्टिक झोला निरुत्साहित गर्ने र प्रयोगमा आउने विस्कुट, चाउचाउ, खानेतेल वा अन्य प्याकिङ्गका प्लाष्टिकलाई एक ठाउँमा जम्मागरी ब्यवस्थापन गर्न स्थानिय सरकारले छुट्टै वातावरण कर लगाउनु आवश्यक छ ।
‘सिसा र प्लास्टिकजन्य बोटल, झोला समेतका फोहोरजन्य पदार्थ ब्यवस्थापन गर्न स्थानीय सरकारले छुट्टै स्थानिय कर लगाउनु पर्छ’ लोमन्थाङ्ग स्थित एक्याप कार्यालयमा कार्यरत स्थानीय होटल ब्यवसायी राम गुरुङ्गले भने, ‘सिसा बोटल र प्लास्टिक जन्य फोहोरले ‘३ हजारबर्ष पुरानो सहर लोमन्थाङ र सभ्यतामा समेत नष्ट गर्दैछ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
