FLASH NEWS
  • Loading...

पुरुष भलिबलको उपाधि गलेश्वरले र महिला भलिबलको उपाधि पोखराले जित्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८६ पटक पढिएको
पुरुष भलिबलको उपाधि गलेश्वरले र महिला भलिबलको उपाधि पोखराले जित्यो

बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिबलको उपाधि आयोजक क्लब गलेश्वर ए समुहले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा हरिचौर बागलुङको समुहलाई सोझो ३ सेटले पराजित गर्दै आयोजक समुह गलेश्वर प्रथम भएको हो ।

महिला भलिबल प्रतियोगिताको उपाधि   अर्चलबाेट भलिबल ट्रेनिङ सेन्टर  पाेखराले जितेको छ । गलेश्वर शिवालय युवा क्लबद्धारा बालचतुर्दशीका अवसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पाइनल खेलमा बेनीको माउन्ट एभरेष्ट आवशिय माविलाई सोझो ३ सेटले पराजित गर्दै भलिबल टे«निङ सेन्टर अर्चलबोट पोखरा प्रथम भएको हो ।

यसै गरी प्रौढ भलिबल तर्फ कुस्मा पर्वत प्रथम र कालिगण्डकी बाबा समुह द्धितिय भए । प्रथम द्धितिय हुनेलाई क्रमश ३० हजार र १५ हजार नगद पुरस्कार,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।