- Loading...
क्रिकेटमा अन्जलीको विश्व कीर्तिमान !
- पुनहिल डट कम
- ५ साल अघि
- १८१ पटक पढिएको

नेपालकी राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य अन्जली चन्दले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छिन् ।
पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ६ विकेट लिँदै अन्जलीले कीर्तिमान बनाएकी हुन् ।
अन्जलीले २ ओभर १ बलमा बिना रन खर्चेर ६ विकेट लिएर कीर्तिमान बनाएकी हुन् । उक्त खेलमा नेपालले १० विकेटको जित निकालेको थियो । यस क्रममा अन्जलीले नवौं ओभरको पाँचौ र छैठौ बलमा तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिंदै ह्याट्रिक समेत पुरा गरिन्। उनले २.१ ओभरमा २ मेडन ओभर गर्दै कुनै पनि रन खर्चिनन्।
पोखरा रंगाशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गरेको माल्दिभ्स १६ रनमै अल आउट भएपछि १७ रनको लक्ष्य नेपालले ५ बलमै पुरा गर्यो। काजल श्रेष्ठले अविजित १३ रन बनाईन्। उनले ५ बलमा ३ चौका प्रहार गरिन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
