१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत् तेक्वान्दोको पुम्सेमा आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण पदक जितेका छन्।३० वर्षमाथि प्रतिस्पर्धा गरेकी आयशाले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन्। स्वर्ण पदक जितेपछि भावविह्वल भएकी आयषा पति दिपक बिष्टको अंगालोमा बाँधिएर रोएकी थिइन्। पार्वतीले २३-२९ उमेर समूहमा स्वर्ण जितेकी हुन्। आयशा र पार्वतीले ल्याएको पदकसँगै नेपालको स्वर्ण पदक संख्या ८ पुगेको छ।
