- Loading...
बागलुङमा मतगणना सुरु, कांग्रेसका शेरचनको अग्रता
- पुनहिल डट कम
- ५ साल अघि
- २१० पटक पढिएको

शनिबार सम्पन्न गण्डकी प्रदेशसभाका लागि बागलुङ क्षेत्र नं. २(ख)को उपनिर्वाचनको मतगणना दिउँसो पौने १ बजे मात्र सुरु भएको छ । सदरमुकाम देखि ९० किमी पश्चिमको बुर्तिवाङ र १ सय ४२ किमी भलकोट देखिका मतपेटिका राति अबेर मात्र ल्याइएको थियो । बिहान ८ बजेदेखि बसेको सर्वदलीय बैडक ११ बजे मात्र सकिएपछि मतगणनाको बाटो खुलेको थियो ।
मतगणनाका लागि तारबार लगाएर कडा सुरक्षा दिइएको छ । उम्मेदवारका एक–एकजना प्रतिनिधी बाहेक अरुलाई गणनास्थलमा जान दिइएको छैन । पत्रकारलाई पहिलो बाकस खन्याएको मात्र तस्बिर खिच्न दिएपछि बाहिर निकालिएको थियो । मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले सुरक्षा व्यवस्थाका कारण कसैलाई पनि बस्न नदिएको बताए ।
बागलुङको क्षेत्र नं. २ (ख)मा शनिवारको निर्वाचनमा २१ हजार ४ सय मत खसेको छ । नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, कांग्रेसका जितबहादुर शेरचनसहित ८ दल र २ स्वतन्त्र उमेदवार छन् । प्रारम्भिक मत परिणाम अनुसार कांग्रेसका जित शेरचनले १ हजार ५५ मतसहित अग्रता लिएका छन् । शाहीले १ हजार ४६ मत ल्याएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
