FLASH NEWS
  • Loading...

कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी [अपडेट]

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४९ पटक पढिएको
कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी [अपडेट]

प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९५ मत ल्याइ विजयी भएकी छिन् । उनले ८ हजार ४०९ मतान्तरले विजयी भएकी हुन् ।
कांग्रेस उम्मेदवार खेमराज पौडेलले कुल १५ हजार ९८६ मत ल्याए । अन्य उम्मेदवारको मत गणना सार्वजनिक भइसकेको छैन ।

पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। त्यसमत्ये ४५५६३ मत खसेको थियो।