आज:  | Sat, 25, Jun, 2022

सुनसरीमा शव बोकेको एम्बुलेन्स दुर्घटना, ६ जनाको मृत्यु

१५ मंसिर २०७६, आईतवार ०८:३४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
सुनसरीमा ट्रक र शव बोकेको एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै एम्बुलेन्सका हुन् । गएराति करीब सवा १२ बजे सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा दुर्घटना भएको हो । सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार २८ वर्षीय राजेशकुमार दनुवार(चालक), ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३५ वर्षीय मुकेश राई र ३२ वर्षीय दिनेश राईको दुर्घटनामा मृत्यु भएको छ । उनीहरु सबै उदयपुरका हुन् गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी ८५ वर्षीया शिवमाया राईको शव उदयपुर लैजाने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिए।