आज:  | Tue, 28, Jun, 2022

भक्तपुर प्रदेशसभा १ मा कांग्रेसको अग्रता

१५ मंसिर २०७६, आईतवार ०८:३६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसले अग्रता बनाएको छ। अहिलेसम्म चाँगुनारायण नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४ र ५ को मतगणना सकिँदासम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले ८ हजार १०१ मत पाएका छन् भने नेकपाका देवीप्रसाद ढकालले ५ हजार ६३१ प्राप्त गरेका छन्। नेमकिपाका निरज लवजुले १९५३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार श्याम प्रसाद नेपालले २७९ र साझा पार्टीका सुरज प्रधानले २३६ मत प्राप्त गरेका छन्।