आज:  | Sat, 25, Jun, 2022

भक्तपुर प्रदेशसभामा कांग्रेसका भडेल विजयी

१५ मंसिर २०७६, आईतवार ११:२२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन्।भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेस विजयी भएको छ।कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकालले ११ हजार २०६ मत प्राप्त गरेका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन् । यहाँ ३२ हजार ३७ मत खसेको थियो।