FLASH NEWS
  • Loading...

सिद्धार्थ मावि च्युरिबोटका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४४ पटक पढिएको
सिद्धार्थ मावि च्युरिबोटका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीलाइ पुरस्कार र शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण र शैक्षिक सामाग्री वितरण गरेको हो ।

फाउण्डेशनले  दुई जना जेहेन्दार तथा गरिब विद्यार्थीलाई जनही ५–५ हजार आर्थिक सहयोग गर्यो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर, फाउण्डेशनका संस्थापक बागबिर चोचाङ्गी पुन, अभिभावकद्धय तमबहादुर पुन र नरबहादुर पुनले पुस्कार तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।

पत्रकार राम्जाली सम्मानित

म्याग्दीका क्रियाशिल पत्रकार साधन घर्ति मगरलाई वि एण्ड वि फाण्डेशनले नगद १० हजार सहित सम्मान गरेको छ ।

मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा आयोजित एक कार्यक्रमका विच पत्रकार राम्जालीलाई सम्मान गरिएको हो । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र फाउण्डेशनका संस्थापक सदस्य बागबिर चोचाङ्गी पुनले नगद दश हजार रुपैयाँसहति सम्मानपत्रले सम्मान गरेका थिए ।

पत्रकार राम्जाली म्याग्दी न्युज डटकम, आदर्श समाज राष्ट्रिय दैनिक, फेवा टेलिभिजन, नाइस टेलिभिजन लगायत विभिन्न संचार माध्यममा आवद्ध छन् ।