FLASH NEWS
  • Loading...

सवै स्थानीय तहमा काँग्रेस पुर्नगठन, बेनी नगरमा अनोद श्रेष्ठ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०३ पटक पढिएको
सवै स्थानीय तहमा काँग्रेस पुर्नगठन, बेनी नगरमा अनोद श्रेष्ठ

नेपाली काँग्रेस म्याग्दीले केन्द्रीय समितिको निर्देशनमा अन्तरिम निर्देशिका ०७६ अनुसार सवै स्थानीय तहमा संगठन पुर्नगठन गरेको जनाएको छ ।

शनिवार बेनी नगरपालिका स्तरिय भेलाले अनोद श्रेष्ठ सभापति रहेको नगर समिति गठनसँगै सवै स्थानीय तहमा काँग्रेस पुर्नगठनले पूर्णता पाएको हो । बेनी नगरसमितको उपाध्यक्षमा यामबहादुर बानियाँ, सचिवमा हरी पौडेल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ चयन भएको नगर भेला आयोजक समितिका संयोजक रेशमबहादुर बानियाँले जनाएका छन ।

त्यसैगरी काँग्रेसको धौलागिरी गाउँपालिका सभापतिमा प्रेमबहादुर पुन, मालिका गापामा खिमबहादुर पुन, मंगला गापामा नरसिं केसी, रघुगंगा गापामा जीवन मल्ल र अन्नपूर्ण गाउँपालिका सभापतिमा वेलबहादुर पुर्जा चयन भएको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।