FLASH NEWS
  • Loading...

लिटल गार्डेनले १६ औं स्थापना दिवस मनायो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२२ पटक पढिएको
लिटल गार्डेनले १६ औं स्थापना दिवस मनायो

सदरमुकाम बेनीको लिटलगार्डेन एकेडेमीले आफ्नो १६ औं स्थापना तथा अभिभावक दिवस विविध कार्यक्रमसाथ मनाएको छ ।

विद्यालय स्थापनाको दिवसको समापन तथा मुल समारोहको जिल्ला समवन्यय समितिका प्रमुख देवन्द्रबहादुर केसीले उद्घाटन गरे ।

संस्थाफक निर्देशक बालकृष्ण सुवेदीले विद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रम, विद्यालयको शैक्षिक तथा अतिरित्त वातावरणको अवस्था चर्चा गरे । कार्यक्रममा शिक्षा विकास तथा समवन्य इकाई प्रमुख दलबहादुर थापा, बेनी नगरपालिकाका श्रोत ब्यक्ति मोहन बानियाँ समेतले शुभकामना मन्तब्य राखे ।

कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुको छुट्टाछ्ट्टै विभिन्न फ्रतियोगितात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । त्रिदिवसीय कार्यत्रम अर्न्तगत संञ्चालन गरिएका विभिन्न प्रतियोगिताका विजयी खेलाडी पुरस्कृत, विद्यालयमा उत्कृष्ट अध्यापन गराउने शिक्षकलाई सम्मान गरियो । कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुले आ–आफ्ना प्रतिभा समेत प्रर्दशन गरे ।