FLASH NEWS
  • Loading...

न्यू वेष्टपोइन्टको २७ औं स्थापना दिवस

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२२ पटक पढिएको
न्यू वेष्टपोइन्टको २७ औं स्थापना दिवस

सदरमुकाम बेनीको न्यू वेष्टपोइन्ट आवसिय माध्यमिक विद्यालयले स्थापनाको २७ औं उत्सव तथा अभिझावक दिवस विविध कार्यक्रमसाथ मनाएको छ ।

विद्यालयको बार्षिकोत्सव कार्यत्रमको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले एक कार्यक्रमका विच उद्घाटन गरे । कार्यक्रममा प्रधानाध्यापक डिवि दहालले विद्यालयको प्रतिवेदन प्रस्तुत गरे । विद्यालय संञ्चालक सदस्य शुदर्शनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा बालगित, पहिलो, दोस्रो त्रैमासिक परिक्षामा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई पुरस्कार, अन्तर सदन उत्कृष्टलाई पुरस्कार, एसईई टपरलाई पुरस्कार वितरण सहित विद्यार्थी तथा अभिभावकका नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्ण सुवेदी समेतले शुभकामना मन्तब्य राखेका थिए ।