बेनी स्थित संगिनी वचत तथा ऋण सहकारी संस्थाले शनिवार आफ्नो संञ्चालक समिति, लेखा, ऋण र शिक्षा उपसमितिका पदाधिकारीलाई एक दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता, सचिव कल्पना केसीको संञ्चालन गरेको तालिममा राष्ट्रिय सहकारी वैंकका संञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीले सहकारीका नयाँ नितीनियम, सहकारीको कार्यक्षेत्र विस्तार गर्ने सम्बन्ध्मा सहभागीलाई तालिम दिईएको हो । त्यसैगरी जिसीले सहकारीका शिद्धान्तको ब्यवहारिक प्रयोग सम्बन्धी प्रशिक्षण दिएका थिए ।