आज:  | Wed, 29, Jun, 2022

पर्यटन प्रर्वद्धन गर्न घोडेपानीमा घोडादौड प्रतियोगिता

१४ मंसिर २०७६, शनिबार १९:५३ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
अन्नपूर्ण गाउँपालिका, ६ घोडेपानी स्थित पुनहिल युवा क्लव, टोल सुधार समिति र आमा समुहको सहयोगमा घोडेपानीका घोडापालकहरुको आयोजनामा शिख–घोडेपानी १२ किलोमिटर लामो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ ।

Posted by Chitra Poon on Friday, November 29, 2019
११ जना घोडचडी सहभागी प्रतियोगितामा १२ किमी दुरी ४५ मिनेट २२ सेकेण्डमा पुरागरी अन्नपूर्ण गाउँपालिका, कास्की घान्द्रुकका विश्व गुरुङ्गको घोडाले पहिलो भएको छ । त्यसैगरी अनिल गुरुङ्ग ४५ मिनेट ३० सेकेण्ड र दिपेन्द्र विकले ४७ मिनेट ५५ सेकेण्डमा दौड पुरागरी दोस्रो र तेस्रो भए । विजेताहरुलाई खादाले सम्मान गरियो । प्रतियोगितामा घोरेपानीका ओसन पुनले ४९ मि ५० सेकेण्ड, विशाल गुरुङ ५० मिी ३० सेकेण्ड, भुमे तामाङले ५१ मि। ४० सेकेण्ड, पृतम सापकोटाले ५१ मिनेट ४१ सकेण्ड, बुद्धी विक ५३ मि।३६ सेकेण्ड, यामप्रसाद पुन ५३ मिनेट ३७ सेकेण्डमा दौड पुरा गरेका थिए । ‘यो कुनै पुरस्कार राशी राखेर आयोजना गरिएको प्रतियोगिता होईन । यहाँको पर्यटन प्रर्वद्धन गर्न र अनुवभ साटासाट गर्न घोडादौड गराएका हौं’ घोडादौड प्रतियोगिता आयोजकमध्यका अगुवा चित्र पुनले भने, ‘यो बर्षको अनुभवले अर्को बर्ष राम्रो पुरस्कार राशीसहित खुल्ला घोडादौड गराउने निर्णय गरेका छौं ।’ घोडा (अश्व) मानिसको नजीक भएको संसारको सवैभन्दा प्राचिन घरपालुवा जनावर हो । घोडाले अज्ञात कालदेखी मानिसको कुनै न कुनै रुपमा सेवा गर्दै आएको छ । हिन्दू मान्यताअनुसार घोडाको उत्पति समुन्द्र मन्थनबाट भएको हो । देवता र दानवको समुन्द्रमन्थन हुँदा निस्केका १४ रत्नमध्येको एक रत्न घोडा थियो, जसको नाम थियो उच्चैश्रावा । कथाअनुसार समुन्द्र मन्थन गर्दा ऐरावत हात्तीपछि उच्चश्रैवा निस्किएको थियो । देवता तथा दानवहरूबीचको सहमतिअनुसार त्यतिबेला उक्त घोडा देवताहरूका राजा इन्द्रलाई प्रदान गरिएको थियो । भनिन्छ, इन्द्रको रथ यही घोडाले तान्थ्यो ।

फोटो ः चित्रबहादुर पुन/सेते तिलिजा पुन