- Loading...
माल्दिभ्सविरुद्ध नेपालको सहज जित
- पुनहिल डट कम
- ५ साल अघि
- १८९ पटक पढिएको

माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेटमा नेपाल ‘ए’ ले सहज जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा ६ विकेट १ सय १ रन मात्र बनाउन सक्यो । माल्दिभ्सका लागि युफुफ फरातले सर्वाधिक ४२ रन बनाए । यस्तै हसन अब्रिम १८ रन जोडे ।
माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका आकाश चन्द र नन्दन यादवले २/२ विकेट लिए । यस अघि नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । नेपालका लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए । यस्तै अमित श्रेष्ठ २९, रित गौतम २५, सुवास खकुरेल २० र दिलीप नाथले १८ रन बनाए ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल आएको माल्दिभ्सले नेपाल ‘ए’ सँग मैत्रीपूर्ण खेल खेलेको हो । तर, माल्दिभ्सविरुद्ध नेपालबाट साग टिम बाहिर रहेका खेलाडीहरु खेलेका थिए । नेपाली टिम शरद भेषवाकरको कप्तानीमा मैदान उत्रिएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
