आज:  | Tue, 05, Jul, 2022

माल्दिभ्सविरुद्ध नेपालको सहज जित

१२ मंसिर २०७६, बिहीबार १८:३९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेटमा नेपाल ‘ए’ ले सहज जित निकालेको छ ।मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा ६ विकेट १ सय १ रन मात्र बनाउन सक्यो । माल्दिभ्सका लागि युफुफ फरातले सर्वाधिक ४२ रन बनाए । यस्तै हसन अब्रिम १८ रन जोडे ।माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका आकाश चन्द र नन्दन यादवले २/२ विकेट लिए । यस अघि नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । नेपालका लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए । यस्तै अमित श्रेष्ठ २९, रित गौतम २५, सुवास खकुरेल २० र दिलीप नाथले १८ रन बनाए ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल आएको माल्दिभ्सले नेपाल ‘ए’ सँग मैत्रीपूर्ण खेल खेलेको हो । तर, माल्दिभ्सविरुद्ध नेपालबाट साग टिम बाहिर रहेका खेलाडीहरु खेलेका थिए । नेपाली टिम शरद भेषवाकरको कप्तानीमा मैदान उत्रिएका थिए ।