आज:  | Sat, 25, Jun, 2022

खुकुरी प्रहारबाट घाईते इन्द्रा पुनको स्वास्थ्य सुधार हुँदै, टाँकाले टाउको जाली जस्तो

१२ मंसिर २०७६, बिहीबार ०९:०९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
खुकुरी आक्रमणबाट गम्भीर घाईते मालिका गाउँपालिका, २ रुम स्थित राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रध्यानअध्यापक ४० बर्षिया इन्द्र पुनको स्वास्थ्यमा सुधार भैरहेको छ । मणीपाल शिक्षण अस्पतालमा उपचाररहत प्रअ इन्द्रा पुनको टाउकोमा लागेको गहिरा दर्जनबढी घाउ सिलाउँदा लगाएको टाँकाले जाली वुने जस्तै बनेको छ । गत कात्तिक २७ गते विहान ९.३० बजे घरबाट विद्यालय जान हिँडेकी पुनलाई बाटोमा मादक पदार्थ सेवनगरी वेसुर स्थानीय २७ बर्षिय रमेश पुनले विना कारण अन्धाधुन्दा खुकरी आक्रमण गर्दा प्रअ पुन गम्भीर घाईते भएकी थिईन । हेलिकोप्टरबाट पोखरा पुर्‍याईएकी पुनको हाल मणीपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । खुकुरी आक्रमणपछि भागेर नजिकै जंगलमा लुकेर बसेका रमेशलाई स्थानीय युवाले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । रमेश विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्धा दायर गरेको प्रहरीले जनाएको छ ।

फोटो ः भीम पुन