- Loading...
सहुलियतपूर्ण कर्जा दिन आनाकानी गर्ने बैंकलाई कारवाही गरिनेः अर्थमन्त्री
- पुनहिल डट कम
- ५ साल अघि
- १७८ पटक पढिएको

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले सहुलियतपूर्ण कर्जा दिन आनाकानी गरेमा सिधै आफूलाई इमेल गर्न आग्रह गरेका छन । बुधबार काठमाडौंमा आयोजित सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यबिधि (दोस्रो संशोधन) २०७६ सम्बन्धी घोषणा सभामा बोल्दै अर्थमन्त्री खतिवडाले उक्त आग्रह गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले भने, सहुलियतपूर्ण कर्जा लिन आवश्यक पर्ने प्रकृयाहरु पुरा गर्दा पनि बैंकहरूले कर्जा दिन आनाकानी गरेको खण्डमा अर्थ मन्त्रालयमा हट लाईन तथा इमेल गर्न अनुरोध गरेका हुन् । यस्तो गरेको पाइएमा मन्त्रालयले अवस्था हेरेर उक्त बैंकहरुलाई कारबाही गर्ने छ ।
बैंकहरुले उद्यमी नागरिक तयार गर्दा आफ्नै व्यापार व्यवसायमा वृद्धि हुने अर्थमन्त्रीको भनाई छ । अर्थमन्त्रीले बैंकहरुलाई आफ्नो आधार दरको वरपर रहेर कर्जा परिचालन गर्न अनुरोध गरे ।
त्यसैगरी अर्थमन्त्री बैंकले कर्जा जसरी भए पनि उठाउने हुँदा त्यसको सही सदुपयोग गरी बैंकको कर्जा तिर्न समेत युवाहरूलाई आग्रह गरे । सहुलियपूर्ण कर्जा हिनामिना नगरी देशको उत्पादन वृद्धिमा लगाउनु पर्नेमा खतिवडाले जोड दिए ।
त्यसैगरी युवाहरूलाई स्वरोजगार तर्फ अभिमुख गर्न स्कुलदेखि नै सीप सहितको ज्ञान विकास र व्यसायिक शिक्षा सीटीइभीटीका कक्षा सञ्चालन भएको र त्यसमा सरकारले धेरै लगानी गरेको बताए ।
राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गरिसकेको जानकारी गराए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
