आज:  | Tue, 28, Jun, 2022

घाईते सन्तोष थजालीको उपचारको क्रममा निधन

११ मंसिर २०७६, बुधबार ११:५४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका २३ बर्षि सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । गम्भिर घाईते रघुगंगा गााँउपालिका– ६ पाखापानीका सन्तोष थजालीको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे नौ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । गम्भिर घाईते भएका सन्तोष थजाली र २५ बर्षिय अमर पाईजालाई थप उपचारको लागि सिम्रीक एयरको हेलिकप्टर मार्फत मंगलबार बेलुका पोखरा लगिएको थियो । २५ बर्षिय पाईजाको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । बेनीबाट गलेश्वर जाँदै गरेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाईकल मुस्ताङबाट पर्यटक लिएर पोखरा जाँदै गएको ध १ च २३५ नम्बरको बोलेरो जीपसँग ठोक्किदा रघुगंगा गापा, ६ पाखापानीका मनी पुर्जा (२०), अम्मर पाईजा (२५) र सन्तोष थजाली (२२) घाईते भएका थिए ।