आज:  | Sun, 03, Jul, 2022

‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिता सुरु,वेष्ट प्वाइन्टको बिजय सुरुवात

१० मंसिर २०७६, मंगलवार २०:१७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रतियोगितामा २० विद्यालयले सहभागिता जनाएका छन् । उद्घाटन खेलमा साविक बिजेता न्यू वेष्ट प्वाईन्ट आवसीय माविले मालिका गाउँपालिका–५ देविस्थानको गौबमबस्थ माविलाई शुन्यका विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले बिजयी सुरुवात गरको हो । प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ्ग शिल्ड , ट्रफि, मेडल, प्रमाण–पत्रसहित नगद रु ५१ हजार पुरस्कार पुरस्कार प्रदान गरिनेछ । त्यसैगरि उपविजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित रु ३१ हजार, अनुशासित टिमलाई नगद र ७ हजार ७७७ पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उत्कृष्ट कोचलाई समेत नगद रु २ हजार पाँच सय सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले जानकारी दिए ।