- Loading...
अन्नपूर्णमा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम
- पुनहिल डट कम
- ५ साल अघि
- २२४ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ५ र ६ वडा अर्न्तगत रहेका सामुदायीक विद्यालयमा गठित बाल क्लवहरु विच बाल प्रतिभा प्रस्फmुटन कार्यक्रम हालै मुत्तिमार्ग माध्यामिक विद्यालय घारमा सम्पन्न भएको छ ।
गैहृसरकारी संस्था लर्नको आयोजनामा गुणस्तरीय शिक्षा नेपाल अष्ट्रेलियाको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र शिक्षा विकास तथा समन्वय ईकाइ म्याग्दीको समन्वयमा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको हो ।
अन्नपूर्ण गापा, ५ र ६ अर्न्तगत सामुदायीक विद्यालयमा गठित ८ ओटा वाल क्लवका कूल ११ जना छात्रासमेत २२ जनाले कविता, गायन, नृत्य, वक्तृत्वकला, चित्रकला आदिमा आफ्नो प्रतिभा देखाएका थिए ।
लर्नले पछिल्लो ८ वर्ष अन्नपूर्ण गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै आएको छ । संस्थाले यस बर्षदेखी विद्यार्थी/वालवालिकाको विद्यालय तथा समुदायमा देखाउने क्रियाकलाप प्रभावकारी बनाउन उनीहरुमा अन्तरनिहित क्षमता प्रस्फुटन गराउने प्रयास थालेको हो ।
‘हामीले विगत ८ बर्ष विद्यालयको शैक्षिक वातावरण तथा शिक्षकहरुको शिक्षण पद्धति सुधारमा काम गर्यौं । अनुभवले हामीलाई हरेक विद्यार्थीमा अर्न्तनिहित क्षमता बाहिर निकाल्न सके समाजमा स्थापित गराउन सकिन्छ भन्ने ठानेका हौं’ लर्नका निर्देशक मीन शाहीले भने, ‘बालबालिकाको प्रतिभा प्रस्फुटनले उनीहरुमा आत्म विश्वास जागृत मात्र गर्दैन समाजमा छिटो स्थापित गर्न समेत मद्धत गर्ने छ ।’
बालबालिकाको प्रतिभा प्रस्फmुटन कार्यक्रम मुत्तिमार्ग माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता, अन्नपूर्ण गाउँपालिका, सामाजिक विकास समितिका संयोजक ओम फगामीको प्रमुख आतिथी र गापाका शिक्षा शाखा संयोजक भरत पुनको आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्य लर्नका शिक्षा विकास अधिकृत गोपाल ढुगेंल र लर्नका कार्यकारी निर्दैशक कृष्ण पुनले संस्थाले संञ्चालन गरेका शिक्षा सम्बन्धी कार्यक्रमबारे जानकारी गराएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
