आज:  | Sun, 03, Jul, 2022

बेनीबाट प्रकाउ परेका ‘साना’ जुवाडेको नाम सार्वजनिक

९ मंसिर २०७६, सोमबार १२:१९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बेनीका दुई छुट्टाछुट्टै जुवाखालबाट पक्राउ परेका जुवाडेको ठेगानासहित नामावली प्रहरीले सोमबार विहान सार्वजनिक गरेको छ । जुवाखालमा पक्राउ पर्नेमा काँग्रेस म्याग्दीका जिल्ला कार्यसमिति सदस्य ओम छन्त्याल, तरुण दलका अध्यक्ष मुकुन छन्तयलसहित १२ जना रहेको प्रहरीले जनाएको छ । सार्वजनिक गरिएको नाम अनुसार जुवाखालमा पक्राउ पर्नेमा बेनपा–७ कि शुसिला भट्टचन, धौलागिरी गापा–३ कि होमसरा बुढा, पूर्ण दराई, बेनपा–७ का डम्बर बानियाँ, बेनपा–१० का पृथ्वीलाल रोका, बेनपा–८ का गेम छन्त्याल, धौलागिरी गापा–७ का तुल गुरुङ्ग, बेनपा–९ का पदम छन्त्याल र मालिका गापा–५ का भव घर्ति हुन । ‘पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धान सुरु गरेका छौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रप्रसाद मरासिनीले बताए । ०७५ जेठपछि आईतवार मात्र प्रहरीले बेनीबाट दुई खाल जुवाबाट ‘साना’ जुवाडे पक्राउ गरेको थियो । गत तिहारमा जिल्लाबाट भित्रिएका पेशेवर जुवाडेले अखडा जमाएर करोडौंको जुवाखाल चलाउँदा ‘मौन बसेको’ प्रहरीले आईतवार दुई जुवाखालमा छापा मारेर चर्चा बुटुलेको छ । तर जुवाडे पक्राउ गरेर प्रहरीले ‘स्यावास’ आर्जन गरेन वरु तिहारको पेशेवर ठूला जुवाडेको संगतलाई ‘आशंका’ उत्पन्न गराईदियो ।