आज:  | Sat, 02, Jul, 2022

धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

८ मंसिर २०७६, आईतवार ००:०३ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
धवलागिरी गाउँपालिकाको सातौ गाउासभा शनिबार मुनामा सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले बताए ।विशेष गाउासभाले गत अवा ०७५/७६ मा खर्च हुन नसकेको चार करोड रुपैयाा बजेट बाँडफाँड गरेको छ ।गाउँसभाबाट सार्वजनिक खरिद नियमावली (२०७६) र बिधायन समिति सञ्चालन नियमावली (२०७६), न्यायिक ऐन (२०७६), कृषि व्यवसाय प्रर्वद्धन बिधयक (२०७६), विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक (२०७६), पुर्वाधार व्यवस्थापन ऐन (२०७६), स्वास्थ्य बिधेयक (२०७६), स्थानीय कर्मचारी व्यवस्थापन ऐन (२०७६), शिक्षा ऐन (२०७६), सहकारी ऐन पहिलो संसोधन (२०७६) र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन (२०७६) पारित गरेको प्रवक्ता झकबहादुर छन्त्यालले बताए ।