- Loading...
अठारौ जेसीजकपको तयारी अन्तिम
- पुनहिल डट कम
- ५ साल अघि
- १७४ पटक पढिएको

बेनीमा मंसिर ९ गतेदेखि सुरु हुने १८ औ जेसीज कप फुटबल प्रतियोगिता २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । जेसिजको आयोजनामा यही मंसिर ९ देखि १४ गतेसम्म आयोजना गरिएको १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ को तयारी पुरा भएको शनिबार जानकारी दिएका छन् ।
जिल्लाका २० देखि २२ विद्यालय सहभागि हुने प्रतियोगिताको आर्थिक संकलन, प्रचारप्रसार, पूर्वाधार निर्माण, खेलकुद सामाग्री ब्यवस्थापन, छपाई लगायतका तयारी पुरा भएको १८ औ जेसिज कपका संयोजक हरी भण्डारीले जानकारी दिए । ९ गते सोमबार बेलुका म्याग्दी जेसिज सचिवालयमा गण्डकी प्रदेश सांसद विनोद केसीको प्रमुख आथिथ्यतामा प्रतियोगिताको उद्घाटन् गरिने छ ।जेसिज कप प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ। भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । जेसिजकप फुटवल प्रतियोगिताको नुमानित आय/ब्यय ७ लाख ९४ हजार बराबरको रहेको छ ।
प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर÷ रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको जेसिजका अध्यक्ष खम थापामगरले बताए ।नरेश मोवाईलका प्रोपाईटर नरेश श्रेष्ठले १ लाख पाचहजार र रारा हार्डवयरका संचालक प्रिया कार्की खत्रीले १ लाख रुपैयाको चेक आर्थिक संयोजक हरी भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
