- Loading...
सिंहदरबारमा गोकर्ण बिष्टको अन्तिम दिन
- पुनहिल डट कम
- ५ साल अघि
- २०२ पटक पढिएको

यसअघि ऊर्जामन्त्री हुँदा पदमुक्त भएको दिन ट्याक्सी चढेर घर फर्केका गोकर्ण विष्ट आज पनि त्यसैगरी फर्किए।
मन्त्रिपरिषद् पुनगर्ठनको चर्चाले ४ मंसीरमा धेरै मन्त्री सिंहदरबारस्थित मन्त्रालय नपुगेका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट भने बिहानैदेखि मन्त्रालयमा बसेर काम गरिरहेका थिए।
विष्ट आज पनि मन्त्रालय पुगे। ४ मंसीरमा जस्तो काम गर्न भने होइन। विष्ट मन्त्रालयका कर्मचारीले उनको विदाईका लागि आयोजना गरेको कार्यक्रममा सहभागी हुन मन्त्रालय पुगेका हुन्।
विष्टले कर्मचारीहरूलाई आफ्नो कार्यकालमा गरेको सहयोगका लागि धन्यवाद दिए। विष्टले आफूले मन्त्रालयमा हुँदा गरेको कामको समयले मूल्यांकन गर्ने बताए। जनताको हितमा काम गर्दा जोखिम हुन्छ भन्दै जान्दा जान्दै पनि आफूले जोखिम मोलेको उनको भनाइ थियो।
“ मैले कल्पनासम्म पनि गरेको थिइनँ”, उनले भने, “काम गर्दै जाने क्रममा दुईपटक मन्त्री भएँ, यसले मलाई स्वाभिमानका साथ अझैं धेरै काम गर्ने प्रेरणा र उत्साह मिलेको छ।”
आफूले शुरू गरेका सकारात्मक कामलाई नवनियुक्त मन्त्रीले पनि निरन्तरता दिने विश्वास व्यक्त गरे । उनले नयाँ मन्त्रीले बिष्टले विकृति र विसंगतीलाई हटाउँदै श्रमिकको हितमा काम गर्ने विश्वास पनि व्यक्त गर्दै शुभकामना दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसीर राति गरेको मन्त्रिपरिषद् पुनर्गठनमा विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीबाट हटाइएका थिए।
नवनियुक्त मन्त्री रामेश्यर राय शपथपछि पदभार ग्रहणका लागि सिंहदरबारस्थित मन्त्रालयमा नआउँदै विष्ट बाहिरिए। यसअघि ऊर्जामन्त्री हुँदा पदमुक्त भएको दिन ट्याक्सी चढेर घर फर्केका विष्ट आज पनि त्यसैगरी फर्किए।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
