आज:  | Fri, 01, Jul, 2022

साग महिला भलिबल तालिकाको टुङ्गो – नेपालको पहिलो प्रतिद्वन्दी बंगलादेश

४ मंसिर २०७६, बुधबार ०९:४७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला भलिबलको खेल तालिकाको टुङ्गो लागेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगितामा समूह ‘ए’ मा नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । ६ टिम सहभागी महिला भलिबल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । खेल तालिका अनुसार नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अर्को साताको बुधबार हुनेछ । यस्तै भारतसँग अर्को साताको शुक्रबार खेल्ने छ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । नेपालले साग खेल्ने टिमको घोषणा यस अघि नै गरिसकेको छ । हालै नेपाली महिला टिमले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । नेपाली टिम : अरुणा शाही (कप्तान) प्रतिभा माली सरस्वती चौधरी निरुता ठगुन्ना रेश्मा भण्डारी पुनम चन्द जानकी भण्डारी सुनिता खड्का सोफिया पुन उषा कुमारी बिष्ट कमला पुन सलिना श्रेष्ठ उषा भण्डारी हिरा के.सी