आज:  | Tue, 05, Jul, 2022

मल्लाज आँखा शिविरमा पाँच सय बढी लाभान्वित

४ मंसिर २०७६, बुधबार ११:१४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा जलजला गाउँपालिका–३  मल्लाजमा मंगलबार सम्पन्न  मोतियाबिन्दुको शल्यक्रिया शिविरमा ८ जना महिला र ९ जना पुरुषको मोतियाबिन्दुको शल्यक्रिया गरियो ।शिविरमा २०८ जना पुरुष र ३१५ जना महिला  ५२३ जना लाभान्वित सेवा लिए । ३४ हजार ८४१ रुपैयाँ बराबरको औषधि र साठी हजार रुपैयाँ मूल्य बराबरको तीन सय थान चश्मा निशूल्क वितरण गरिएको थियो । आइतबारदेखि सुरु भएको शिविरमा मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा, धाइरीङ, नागी, राम्चे र बेनी बजार आसापासका गाउँका आँखाका बिरामीले सेवा लिएका लायन्स क्लव अफ बेनी मल्लाजका दृतीय उपाध्यक्ष बिक्रम सुवेदीले बताए ।हिमालायन आखा अस्पताल पोखराका चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा आएको टोली, आँखा उपचार केन्द्र बेनी र मल्लाज स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण, परामर्श र मोतियाबिन्दुको शल्यक्रिया सेवा दिइएको हो । जलजला गाँपालिकाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा न्यु होराइजन आवासीय मावि पर्वत बेनी, प्याराडाइज बोर्डिङ, विद्याज्योती मा.वि, अमृत आदर्श बोडीङ स्कुल मल्लाज, नव उत्साही समूह पर्वत बेनीले स्वयमसेवक परिचालन गरेका थिए ।