FLASH NEWS
  • Loading...

सेना हटाउन निर्देशन दिएपछि भारतीय मिडियाको हेडलाइन ‘प्रधानमन्त्री ओली’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७१ पटक पढिएको
Post Thumbnail

नेपाली भूमिबाट भारतीय सेना हटाउन निर्देशन दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली  भारतीय मिडियाको हेडलाइन बन्नुभएको छ।

आइतबार प्रधानमन्त्री ओलीले नेपाली भूमिबाट सेना हटाउन निर्देशन दिएपछि भारतीय मिडियाले उक्त समाचारलाई विभिन्न हेडलाइनमा प्रकाशन गरेका छन्।

भारतीय मिडिया आजतकले ‘कालापानीका विषयमा नेपालका प्रधानमन्त्रीले भारतलाई देखाए शक्ति, एक इन्च जमिनपछि दिदैनौँ’ भन्ने हेडलाइनमा समाचार प्रकाशन गरेको छ।

आजतकले लेखेको छ, ‘प्रधानमन्त्री ओलीले भने- आफ्नो देशको सीमा सुरक्षा गर्नका लागि हाम्रो देश पूर्ण रुपमा सक्षम छ। देशको सुरक्षा बल आफ्नो जमिनमा आफ्नो अधिकार फिर्ता लिनका लागि एक जुट छन्।’

राष्ट्रभक्त सरकारले कसैलाई पनि एक इन्च जमिनमाथि पनि कब्जा गर्न नदिने बताएको पनि सामाचारमा उल्लेख गरिएको छ।

त्यस्तै हिन्दी बीबीसीले लेखेको छ, ‘कालापानी विवादमा नेपालका प्रधानमन्त्री ओलीले भने, भारतले एक इन्च जमिन पनि पाउँदैन्।’

त्यस्तै पुष्जव केसरीले ‘कालापानी विवादमा भारतलाई आँखा देखाइरहेको छ नेपाल, प्रधानमन्त्री ओलीले गरे ठूलो निणर्य’ भन्दै आफ्नो समाचारको हेडलाइन बनाएको छ।

https://dainikonline.com/