आज:  | Fri, 01, Jul, 2022

संगिनी सहकारी को अध्यक्षमा पुनः साधना

१ मंसिर २०७६, आईतवार १५:०६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी स्थित संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औं साधारण सभाले निर्वर्तमान अध्यक्ष रहेकी साधना कुमारी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।साधारण सभाबाट लिमिटेडको उपाध्यक्षमा नविना रावल, सचिव कल्पना केसी, सहसचिव जानकी विश्वकर्मा कोषाध्यक्ष शर्मिला श्रेष्ठ चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सुनिता केसी, कमला सुवेदी, देवि जिसी, मेलिना पौडेल, मिना मल्ल र सुधा श्रेष्ठ चयन भएका छन ।संस्थाकी जेष्ठ सदस्य पदमदेवी पाईजाको प्रमुख अतिथ्यतामा आईतवार वेनीमा सम्पन्न साधारण सभाबाट कमलकुमारी थापाको संयोजकत्वमा श्रीमायाँ पुन र सुमित्रा पौडेल रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।३ सय ९८ जना शेयर सदस्य रहेको संगिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी २ करोड ११ लाख ४२ हजार ८ सय रहेको छ । संस्थाले आव ०७५/०७६ मा ५ करोड ६० लाख चार हजार ५ सय ९४ रुपैयाँ बचत र ५ करोड ४४ लाख ८४ हजार ६ सय लगानीगरी जगेडा कोष, संरक्षित पुँजी फिर्ता कोष, सहकारी प्रर्वद्धन काष समेत विभिन्न कोषमा छुट्टाई खुद तीन लाख रुपैयाँ खुद मुनाफा गरेको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ ।