- Loading...
विमल सहित चार खेलाडी बर्खास्त
- पुनहिल डट कम
- ५ साल अघि
- २१५ पटक पढिएको

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कारबाही गरेको छ ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले कारबाही गरेको हो । एन्फाले कारबाही स्वरूप चारै खेलाडीलाई टिमबाट बर्खास्त गरेको छ । तर, एन्फाले खेलाडी कारबाहीको बिषय भने खुलाएको छैन ।
एन्फाले आन्तरिक छलफल गरेर उनीहरुको स्थानमा चार खेलाडी भुटान पठाउने तयारी गरेको छ । राष्ट्रिय टिमका चार खेलाडी शुक्रबार राति ठमेलस्थित एक लाउन्च बारमा गएको भेटिएपछि एन्फाले उनीहरुलाई कारबाही गरेको हो । कारबाहीमा परेका विमल सहित चार खेलाडीले कुवेतविरुद्धको खेल खेल्ने छैनन् । चारै खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ ।
‘तत्काल चार खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ ।’ स्रोतले भन्यो ।
लाउन्च बारबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुदाँ खेलाडीलाई सामान्य चोट समेत लागेको छ । यसअघि समेत विमल सहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो । तर, एन्फाले सो समय खेलाडीलाई जोगाउँदै विदेश खेल्न पठाएको थियो ।
एन्फाले यसपटक चार जना खेलाडीलाई कारबाही गर्दै भुटान जाने टिमबाट हटाएको हो । नेपालले विश्वकप छनोटको पहिलो होम गेममा मंसिर ३ गते कुवेतविरुद्ध भुटानमा खेल्दैछ । काठमाडौंका दशरथ रंगशाला तयार नभएपछि नेपालले भुटानमा होम गेम खेल्न लागेको हो । कुवेतको टिम शुक्रबारनै भुटान पुगिसकेको छ । नेपाली टिम शनिबार भुटानको तयारी गरेको छ ।
विमल पछिल्लो समय माल्दिभ्सको लिग खेल्दै आएका छन् । उनी केही केही दिन अघिमात्र विश्वकप छनोटका खेल खेल्न नेपाल आएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
