- Loading...
ऐतिहासिक पदक विजेता भलिबल टिम स्वदेश फिर्ता , खेलाडीले जनही ३ लाख पाउने
- पुनहिल डट कम
- ५ साल अघि
- १८४ पटक पढिएको

बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएका छन् ।
ढाकामा बिहिबार सम्पन्न प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको नेपाली टिम शुक्रबार नेपाल आईपुगेको हो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिब रमेश सिलवाल, भलिबल संघका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।
फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि जितेको थियो । अपराजित रहदै उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्समाथि २५-१३, २५-१२ र २५-८ को जित निकालेको थियो ।
महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।
त्यस्तै महिला टिमले दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य पदक जितेको छ । पुरुष भलिबल टिमले भने हालसम्म कास्य पदक मात्र जितेको छ । नेपाली पुरुष टिमले तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य जितेको थियो ।
खेलाडीले जनही ३ लाख पाउने
बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सरकारले नगदसहित सम्मानित गर्ने भएको छ ।
ढाकामा बिहिबार सम्पन्न च्याम्पियनसिपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको नेपाली टिमको प्रत्येक सदस्यलाई सरकारले ३ लाख नगदले पुरस्कृत गर्ने भएको हो ।
ऐतिहासिक सफलता हात पारेर स्वदेश फर्किएको महिला टिमलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले नगद पुरस्कारको घोषणा गरेका हुन् ।
इनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि जितेको थियो ।
महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
