- Loading...
म्याग्दीकी अरुणा शाहीको कप्तानीमा महिला भलिवललाई पहिलो अर्न्तराष्ट्रिय पदक
- पुनहिल डट कम
- ५ साल अघि
- २५६ पटक पढिएको

नेपालले बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा माल्दिभ्सविरुद्ध सुरुवातमा ५-० अंकले पछि परेपनि नेपालले पहिलो सेट २५-१३ ले जितेको थियो ।
दोस्रो र तेस्रो सेटमा भने माल्दिभ्समाथि नेपालले एकतर्फी जित निकाल्यो । माल्दिभ्सको चुनौती दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-८ ले पाखा लगाउँदै नेपाल उपाधि चुम्न सफल भयो ।
योसँगै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हासिल गरेको छ । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । नेपालको महिला भलिवल टिमको कप्तानी म्याग्दी पिप्लेकी अरुणा शाहीले सम्हालेकी छिन । शाहीको कम्पानीमा टिमले महिला भलिवलमा पहिलो अर्न्तराष्ट्रिय पदक हात परेको छ ।
यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो । त्यस्तै महिला टिमले दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य पदक जितेको छ ।
पुरुष भलिबल टिमले भने हालसम्म कास्य पदक मात्र जितेको छ । नेपाली पुरुष टिमले तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य जितेको थियो । यस अघि नेपालले लिग चरणमा माल्दिभ्स,अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा शीर्ष दुई टिमले उपाधिका लागि खेलेका थिए । यस्तै तेस्रो र चौथो स्थानमा रहेको टिमले तेस्रो स्थानका लागि खेलेका थिए । बिहिबार नै बंगलादेशलाई हराउँदै किर्गीस्तानले तेस्रो स्थान हासिल गरेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
